युद्धको मारमा गर्भवती, आमा र बालबालिका | Khabarhub Khabarhub

युद्धको मारमा गर्भवती, आमा र बालबालिका


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

राजा मुलाहा, वर्ष ५०। गाजाको सबै भन्दा बढी सुविधा सम्पन्न चिकित्सालयमा उनको बसोबास छ। त्यहाँ अहिले बिरामी मात्र भेटिँदैनन्। ७ अक्टोबरमा हमासले आक्रमण गरेपछि इजरायलले गाँजा क्षेत्रमा आक्रमण गरेको छ। लगातारको हवाई आक्रमणबाट बच्न चाहनेहरूको भीड त्यहाँ लागेको छ।

सोही आक्रमणपछि उनी घर छाडेर अमेरिकी सहयोगमा सञ्चालित गैरसरकारी संस्था मेडीग्लोबमा गाँजाको स्थानीयको रूपमा प्रतिनिधिको रूपमा कार्यरत छिन्। उनी पनि ७ अक्टोबरको सोही आक्रमणका कारण घर छाड्ने हजारौँको सूचीमा सूचीकृत छिन्।

अहिले गाँजाका १४ लाख मानिसले आफ्नो घर छाडेका छन्। यो जानकारी मानव अधिकारवादी सङ्गठन ओसीएचले दिएको हो। धेरै नागरिक अस्पतालमा उपलब्ध गराइएको शिविरमा बसोबास गर्न पुगेका छन्। त्यो पनि क्षमता भन्दा बाहिर पुगीसकेको छ।

उनकै अनुसार अलसिफा अस्पतालमा धेरै जना बाहिर यत्रतत्र सुतीरहेका छन्। प्यासेजमा, भुईँमा र अन्त जहाँ पायो त्यही। उनीहरूका लागि खाना खान र पानी पिउन मात्र होइन लुगा फेर्न लगायत कुरामा गोप्यता कायम गर्न पनि कठिनाइ उत्पन्न भइरहेको छ। उनकै अनुसार महिला यत्रतत्र छरिएका छन्। उनी आफै पनि भीडको कारण दिनको दुई पटक भन्दा बढी शौचालय जान सकीरहेकी छैनन्। एकै पटक ४० देखि ६० जना सम्मको शौचालयमा भीड लाग्ने गरेको छ।

गाँजामा अहिले स्वास्थ्य जटिलताका कारण आएका समस्यासँग जुझी रहेका हजारौँ महिला मध्ये मुलाहा एक हुन्। यो समस्या इजरायलले प्रसूतिका लागि आवश्यक पर्ने सम्पूर्ण कुरामा रोक्का गरेपछि निम्तिएको हो। गर्भवती र महिनावारीसँग सम्बन्धित सामग्री लगायत स्वास्थ्य खानेकुरा र पानीको समेत अभाव हुन थालेको छ। यो बिचमा इजरायलले हवाई आक्रमण तीव्र पारेपछि सुत्केरी आमाका लागि आफू र बच्चाको ज्यान जोगाउने काम अत्यन्त कठिन हुन थालेको छ।

रमालाहस्थित प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार इजरायलको हवाई आक्रमणका कारण कम्तीमा ९ हजार १ सय ५५ जनाको ज्यान गएको छ। मर्नेमध्ये ७३ प्रतिशत महिला छन्। यसमा पनि बच्चा र प्रौढको सङ्ख्या धेरै छ।
यसमा मानव अधिकारवादी सङ्गठनले आपत्ति जनाउन थालेका छन्। तथापि इजरायली सरकारले भने हमासको प्रभाव रहेको क्षेत्रमा मात्र आक्रमण गरेको जनाएको छ।

त्यहाँ अहिले पीडा भोग्नेहरू धेरै छन्। रहिम अहमद अल सहिद दोस्रो सन्तानको रूपमा छोरीलाई जन्म दिने तयारीमा छिन्। उनको पेटमा नौ महिनाको गर्भ छ। उनी युद्ध क्षेत्रमै बच्चालाई जन्म दिएर आफ्नो परिवार जीवितै भएको हेर्न चाहन्छिन्।

बच्चालाई आवश्यक पर्ने, पौष्टिकताको कुरा तयार पार्नु , घरबाट निस्केर अस्पताल जानु र अस्पतालबाट फेरि घर आउनुलगायत काम उनका लागि अत्यन्त कठिन मानिएको छ। सुत्केरी हुने कुराले खुसी भएकी उनी अहिले युद्धकै कारण तनावमा छिन्।

बच्चाको स्वास्थ्य उपचारमा तल्लीन डा. तान्या हाज हसन पनि सीमामा चिकित्सकको अभाव मात्र होइन अन्य अति आवश्यक कुराको पनि अभाव भएकाले गाजाका अस्पतालमा समस्या झनै थपिएको बताउँछिन्।

सीमामा अहिले अति आवश्यक पर्ने गजको समेत अभाव हुन थालेको छ। अर्थोपेडिक सर्जरीका अति आवश्यक पर्ने पिन र रडको अभाव हुन थालेको छ। अनास्थासियका सामग्रीका साथै पेन किलरको समेत त्यहाँ अभाव हुन थालेको छ।

गाजा र इजिप्टको बिचमा रहेको एउटै सीमा नाका रमाहमा अहिले बन्द भएको छ। केही सामग्री गाजामा ल्याउनका साथै त्यहाँ रहेको घाइते प्यालेस्टाइनी तथा विदेशीलाई बाहिर लैजानका लागि यदाकदा मात्र त्यो खोल्ने गरिन्छ। स्वास्थ्य मन्त्रालयले जनाए अनुसार इन्धन आपूर्ति बन्द भएपछि प्यालेस्टाइनका आधा अस्पताल बन्द भइसकेका छन्।

यी सबै समस्यामा बिच महिलाले बच्चालाई सुरक्षित रूपले जन्म दिने काम कठिन भइरहेको छ। बच्चालाई जीवित राख्न उनीहरूका लागि झनै ठुलो कठिनाइ हो। अहिले अस्पतालमा भेन्टिलेटर र डाइलोसीस मेसिन पनि चल्न छाडेका छन्।

सानो बच्चा बिरामी भएमा अथवा समय नभई जन्मिएमा इन्क्युबेटर, श्वास मेसिन र इन्फय्जन पम्पको आवश्यकता हुन्छ। यी सबै कुरा नभए गम्भीर अवस्था तथा समय नभई जन्मिएको बच्चालाई बचाउन नसकिने चिकित्सक बताउँछन्।

मानवअधिकारवादी सङ्गठन केयर इन्टरनेसनलले जनाए अनुसार गर्भवती अनास्थेसिक बिना नै आपत्कालीन सी क्षेत्रमा प्रवेश गर्न थालेका छन्। तीन घण्टामा नै बच्चालाई जन्म दिएर उनीहरू डिस्चार्ज हुने गरेका छन्।

खाद्य अभावका कारण पाँच वर्ष मुनीका दुई लाख ८३ हजार बच्चाको स्वास्थ्यमा समस्या देखिएको गाँजा र वेस्ट बैंक केयरकी निर्देशक हइबा टिबी बताउँछिन्।
त्यहाँ अहिले एक जानलाई दैनिक ३३ मिलिमिटर मात्र पानीको मात्रा पुगेको छ। यसले आमाको पर्याप्त दूधको मात्र नपुगेर बच्चालाई स्तनपान गराउन समस्या निम्तिन थालेको छ। हरेक घरमा झाडा पखालाको समस्या मात्र होइन निमोनियालगायत श्वास प्रश्वास सम्बन्धी रोग पनि बढी रहेको छ।

तीन सन्तानकी आमा युनिसा खान अहिले उत्तरी क्षेत्रबाट विस्थापित भएकी छिन्। उनले पनि इजरायली सेनाको आदेश मानेर त्यो स्थान छाडेकी हुन्। उनको स्वास्थ्य अवस्था पनि राम्रो छैन।

अस्पतालको अवस्था ठिक नभएका कारण अहिले धेरै बच्चाले विद्यालयमा बच्चालाई जन्मदिन थालेका छन्। अहिले महिला स्वास्थ्यका कारण गाँजा क्षेत्र झनै प्रभावित भएको छ। अन्तर्राष्ट्रिय प्लान्ट प्यारेन्ट हुड फेडेरसनले अहिले महिला स्वास्थ्यका लागि आवश्यक पर्ने कुराको अभाव बढ्दै गएका कारण अझ भयङ्कर संकट निम्तिन सक्ने चेतावनी दिइसकेको छ। यसले यौन हिंसा बढाउन सक्ने चेतावनी पनि सो संस्थाले दिएको छ।

सेनीटरी टावेलको समेत अभाव हुन थालेका ३२ वर्षीया बसिर बताउँछिन्। उनको विचारमा सामान्य औषधिको अभावमा धेरै जसो फार्मेसीहरू अहिले बन्द भएका छन्।

अहिले प्यालेस्टाइनमा नवजात शिशुका आमामा रोदन छ। पीडा छ र समस्या छ। बच्चामा मृत्युदेखिको भय बढेको छ। धेरै बच्चामा जीवनप्रतिको निराशा बढ्न थालेको छ। बाच्ने चाहना हराउन थालेको छ। गत साता एक बच्ची जानाजान कारको अगाडी कुदेकी थिइन्।

हरेक दिन कसैले आफन्त गुमाइ रहेका छन्। आफ्नै परिवारको सदस्यको ज्यान गइरहेको छ। यस अवस्थामा कसैलाई बाच्ने चाहना हराउनु त स्वाभाविक नै भयो। गाँजाको यो आरण्य रोदन र पीडाका बिच बच्चालाई जन्म दिएर खुसी हुन आतुर आमाहरू त झनै छटपटाएका छन्।
स्रोतः सीएनएन

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ८ : ०७ बजे

शान्ति क्षेत्रको प्रस्ताव देश बचाउने महत्वपूर्ण एजेण्डा : प्रचण्ड

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा, ८० प्रतिशत काम सम्पन्न

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले निर्माण

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आज संयुक्त राज्य अमेरिका प्रस्थान

तनहुँमा परीक्षणका रूपमा स्ट्रबेरीखेती

दमौली – ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती थालेको छ ।

पदमार्गमा पर्यटकको चहलपहल

लमजुङ– बर्खायाम प्रारम्भ भएसँगै सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल सुरु