जिल्ला प्रशासन कार्यालय गुल्मीमा राहदानी बनाउन एकदिन अगावै टोकनको व्यवस्था « Khabarhub

जिल्ला प्रशासन कार्यालय गुल्मीमा राहदानी बनाउन एकदिन अगावै टोकनको व्यवस्था


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

गुल्मी- गुल्मीमा राहदानी बनाउनेको भीड लागेपछि जिल्ला प्रशासन कार्यालयले एकदिन अगावै टोकन उपलब्ध गराउन थालेको छ । दसैँ र तिहारजस्ता पर्वको मौका छोपी राहदानी बनाउन आउनेको भीड बढेकाले  एकदिन अगावै टोकन वितरण सुरु गरिएको उक्त कार्यालयले जनाएको छ ।

दैनिक रूपमा सरदर ४० वटा राहदानीको आवेदन सङ्कलन गर्ने क्षमता रहेको कार्यालयमा हिजोआज दैनिक ९० देखि एक सयसम्म राहदानीका लागि  आवेदन सङ्कलन हुने गर्दछ । कार्यालयमा अहिले सेवा लिने सेवाग्राहीको सङ्ख्या बढेकाले भीडभाड कम गर्न एक दिनअगावै टोकन वितरण गर्ने गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए ।

कार्यालयको क्षमताभन्दा बढी सेवाग्राहीको चाप भएकाले कार्यालय समय अतिरिक्त थप समय व्यवस्था गरेर दैनिक एक सय जनाको राहदानीका लागि आवेदन फाराम सङ्कलन गर्ने गरिएको  र सोहीअनुसार एक दिन अगाडि नै टोकन वितरण गर्ने गरिएको उनले बताए । टोकन वितरण गर्दा व्यवस्थित हुने र पालोमा मात्रै सेवाग्राही उपस्थित हुने भएकाले भीड पनि कम हुने जनाइएको छ । कार्यालयको क्षमताभन्दा पनि सेवाग्राहीलाई प्राथमिकतामा राखेर कार्यालयले सेवा प्रवाह गरेको सहायक प्रमुख जिल्ला अधिकारी गैरेको भनाइ थियो ।

अहिले देश तथा विदेशबाट पर्व मनाउन गाउँघर आउनेका साथै  समयको सदुपयोग गरेर नागरिकताको साथमा राहदानी बनाउने सेवाग्राही बढी हुने गरेको प्रशासन फाँटका नायब सुब्बा प्रेम खनालले बताए । यसैगरी नागरिकता लिने सेवाग्राहीको सङ्ख्यामा पनि उल्लेखनीय रुपमा वृद्धि भएको छ । दैनिक सरदर ४० देखि ५० नयाँ नागरिकता जारी हुने जिल्ला प्रशासनमा अहिले दिनमा एक सयभन्दा बढीले नयाँ नागरिकता र ५० भन्दाबढीले प्रतिलिपि लिने गर्दछन् ।

कार्यालयमा राहदानीसँगै नयाँ नागरिकता बनाउने र प्रतिलिपि लिनेहरुको चाप बढ्दै गएसँगै राति अबेरसम्म प्रशासन कार्यालयमा भीडभाड देख्न सकिन्छ । राहदानी बनाउनका लागि राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य रुपमा भर्नुपर्ने भएका कारण दैनिक एक सय ४० भन्दा बढीले राष्ट्रिय परिचयपत्र भर्ने गरेको प्रशासनले जनाएको छ ।

सेवाग्राहीको सहजताका लागि विचौलीयाबाट कोही पनि नठगिउन भनेर कार्यालयले निःशुल्क राहदानीको आवेदन फाराम भर्ने व्यवस्था गर्दै आएको छ । कार्यालयभित्र सहयोगी कक्ष स्थापना गरेर निःशुल्करुपमा निवेदन लेख्नेदेखि निश्चित मूल्यमा हुलाक टिकटकोसमेतको  व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ३ : ३१ बजे

हिउँदे वर्षा नहुँदा किसान चिन्तित

भोजपुर– हिउँदे वर्षा नहुँदा भाेजपुरका किसान चिन्तित भएका छन् ।

सुन्तला बेचेर २० लाख रुपैयाँ आम्दानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसान विकास श्रेष्ठले यस वर्ष

विश्वकपमा आज तीन भिडन्त : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत सोमबार तीन खेल हुँदैछन्।

आज दिनभर एमाले अध्यक्ष ओली दमकमा व्यस्त

दमक – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सोमबार दिनभर

मुग्लिन–मलेखु सडकमा कालोपत्र गरिँदै

चितवन– पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नती गरी कालोपत्र गर्ने काम