कोशीमा गठबन्धन एक हुँदा कांग्रेस पहिलाकै ठाउँमा « Khabarhub

कोशीमा गठबन्धन एक हुँदा कांग्रेस पहिलाकै ठाउँमा


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

विराटनगर – कोशीको सत्ता गठबन्धमा फर्किएसँगै नेपाली कांग्रेसको राजनीति पनि पहिलाको ठाउँमा नै आएको छ । कांग्रेसले कोशी प्रदेश संसदीय दलले दलका नेता उद्धव थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेसँगै कांग्रेस पहिलाको ठाउँमा नै आएको हो ।

सोमबार बसेको संसदीय दलको बैठकले कार्कीले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको थियोे । दलको निर्णयपछि थापा पुरानै जिम्मेवारीमा फर्किएको कांग्रेसले जनाएको छ ।

संसदीय दलको बैठकमा मुख्यमन्त्री केदार कार्कीले पनि थापालाई राजीनामा फिर्ता लिएर जिम्मेवारीमा फर्कन आग्रह गरेको बताइएको छ । दलको बैठकपछि थापाले आफू जिम्मेवारीमा फर्किएको बताएका छन् । राजनीति ट्याकमा आएका कारण सबै आफ्नो जिम्मेवारीमा फर्कने थापाको तर्क छ ।

बैठकले यसअघि राजीनामा दिएका उपनेता हिमाल कार्की र प्रमुख सचेतक भूपेन्द्र राईलाई पनि जिम्मेवारीमा फर्कन आग्रह गरेको छ । उनीहरू पनि जिम्मेवारी फर्कने कोशी कांग्रेसले जनाएको छ ।

कोशीमा संविधानको धारा १६८ को ५ अनुसार सरकार गठनको आह्वान पछि सत्ता गठबन्धनको निर्णय विपरित कांग्रेसका ८ सांसदले बिद्रोह गरेका थिए । गठबन्धनले प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोलाई अघि सार्ने निर्णय गर्दा कांग्रेसका ८ सांसदसहित केदार कार्की एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

पार्टीको निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै थापाले नैतिकताका आधारमा २८ असोजमा दलको नेताबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ५ : ४४ बजे

शंकर पोखरेलले दिए महासचिव पदमा उम्मेदवारी, ज्ञवाली असन्तुष्ट

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले फेरि महासचिव पदका लागि

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं– काठमाडौं महानगरपलिका-३० डिल्लिबजार डेरा गरी बस्ने प्रदिप अग्रवालको कोठामा सोमबार बिहान

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा– हंसपुर नगरपालिका-५ कट्टीस्थित सडकमा मधेश प्रदेश ०२-००८ प ४२३५ नम्बरको मोटरसाइकलको

ओलीलाई पेलेको उपमा दिने कृष्णगोपाललाई गुण्डुको ‘रातोकार्ड’, जोडिए पोखरेल समूहतिर

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली समूह

थाई सेनाले हवाई आक्रमण विस्तार गर्दा १२ जना नागरिकको मृत्यु 

एजेन्सी– थाई सेनाले कम्बोडियामा आक्रमण विस्तार गर्दा कम्बोडियाको सार्वभौम क्षेत्रमा