भूकम्पपीडितको राहत र पुनःस्थापना सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड « Khabarhub

भूकम्पपीडितको राहत र पुनःस्थापना सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पपीडितको उद्धार, राहत र पुनः स्थापनालाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताएका छन् । भूकम्पपीडितको उद्धार तथा राहतमा सरकारको तदारुकताका लागि धन्यवाद ज्ञापन गर्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदसँगको भेटमा उनले पीडितलाई सबै प्रकारको सहयोग गर्न सरकारले कुनै कसर बाँकी नराखेको बताए ।

प्रधानमन्त्री दाहालले भने, “राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको धन्यवादले मलाई ऊर्जा मिलेको छ ।” रास्वपाले दिएका सुझावलाई यसअघि नै सरकारले मन्त्रिपरिषद् र राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणबाट निर्णय गरिसकेको उनको भनाइ छ ।

प्रधानमन्त्री दाहालले भने, “अहिले तपाईंहरुले सरकारले लिएको पहलकदमी वा तत्परताका लागि दिनुभएको धन्यवाद आफैँमा पनि सरकारलाई एउटा नयाँ ऊर्जा मिलेको महसुस भएको छ ।”

उनले पीडितसमक्ष सही समय र ठीक ढङ्गले राहत प्राप्त हुने वातावरण बनोस् भन्नेमा सरकार सचेत रहेको बताए । विगतमा भएका कमीकमजोरी दोहोरिन नदिने र त्यसबाट शिक्षा लिएर पीडितको राहत र पुनः स्थापनामा लाग्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री दाहालले भने, “त्यसका लागि कानुनमा समेत केही संशोधन गर्नुपर्ने आवश्यकता छ, राहत र पुनःस्थापनालाई मोडेलका रुपमा अगाडि बढाउनेमा सरकार दृढ छ ।”

सो अवसरमा रास्वपाका उपसभापति डोरप्रसाद अर्यालले छबुँदे सुझाव दिँदै राहत सामग्री पीडितसमक्ष पुगेको वा नपुगेकोबारे अनुगमन गर्न, चिसोको समय रहेकाले पीडितको अवस्थाबारे विशेष ध्यान दिन तथा राहत र पुनः स्थापनाका लागि कानुनमा आवश्यक सुधार गर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ७ : ५४ बजे

मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु

खार्तुम – मध्य सुडानको भीडभाड रहेको बजारमा ड्रोन आक्रमणमा परी

घाइते चितुवा मर्‍यो, कर्मचारी घाइते

अर्घाखाँची – जिल्लाको मालारानी गाउँपालिका—३ मा पासोमा परी घाइते भएको

फेरि पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका

जेनजी आदोलनका क्रममा कारागारबाट भागेका सात जना पक्राउ

काठमाडौं – गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट

मनाङ मर्स्याङ्दी क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

कास्की – मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय