गोरखाको स्तुल खोलामा बेलिब्रिज निर्माण सम्पन्न | Khabarhub Khabarhub

गोरखाको स्तुल खोलामा बेलिब्रिज निर्माण सम्पन्न


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखाको आरुघाट गाउँपालिकामा पर्ने स्तुल खोलामा बेलिब्रिज निर्माण सम्पन्न भएको छ । आरुघाट–आरुपोखरी–ताकुकोट सडकखण्डमा पर्ने स्तुल खोलामा कुल रु तीन करोड ८० लाखको लागतमा बेलिब्रिज निर्माण सम्पन्न भएको एघारकिलो भालुस्वाँरा सडक आयोजना कार्यालयका प्रमुख अमिन्द्र खड्काले जानकारी दिएका छन् ।

उक्त सडकखण्डअन्तर्गत आरुघाट गाउँपालिकाको वडा नं ८ र ९ जोड्ने स्तुल खोलामा पुल निर्माण नहुँदा बर्खाका बेला सबारीसाधन आवातजावतमा अत्यधिक कठिनाइ हुने गरेको थियो । बेलिब्रिज निर्माणका लागि आयोजना कार्यालयले जलप होम जेभीसँग ठेक्का सम्झौता गरेको थियो ।

पुल निर्माणको काम एक वर्षभित्रमा सक्नुपर्ने गरी ठेक्का सम्झौता गरिएको भए पनि ठेकेदार कम्पनीले चार महिनाभित्रै काम सम्पन्न गरेको कार्यालय प्रमुख खड्काले जानकारी दिए। बेलिब्रिज निर्माण सम्पन्न भएसँगै आरुघाट बजार हुँदै सवारीसाधानमार्फत ओहोरदोहोरका लागि आरुपोखरीका बासिन्दालाई अहिले सजिलो भएको छ ।

पुल नबन्दा हिउँदका बेला जसोतसो सवारीसाधन वारपार गराए पनि बर्खामा भने सवारी सञ्चालन गर्न नसक्ने अवस्था रहेको थियो । पुल निर्माण सम्पन्न भएसँगै आरुघाट गाउँपालिका–७, ८ र ९ तथा आरुपोखरी, बारपाक सुलिकोट गाउँपालिकाको तीनखण्डे, बालुवा, गैरीछापलगायतका क्षेत्रका स्थानीय बासिन्दा विशेष लाभान्वित भएका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ६ : ५५ बजे

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’

आपराधिक गतिविधि र अवैध कारोबार नियन्त्रण गर्न प्रहरीको गस्ती

सङ्खुवासभा – दुर्गम उत्तरी क्षेत्र भोटखोलामा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले

कतार एयरवेजको जहाज ढाका ‘डाइभर्ट’

काठमाडौं – कतार एयरवेजको जहाजको जहाज ढाका डाइभर्ट गरिएको छ।