विपी स्मृति भवनलाई जुट्यो तीन करोड | Khabarhub Khabarhub

विपी स्मृति भवनलाई जुट्यो तीन करोड


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

गलकोट– बागलुङमा गत वर्षदेखि निर्माण थालिएको विपी स्मृति भवन निर्माणका लागि धमाधम सहयोग जुटिरहेको छ । विपी स्मृति भवन निर्माणका लागि हालसम्म झण्डै रु तीन करोड सहयोग रकम संकलन भएको छ । 

विपी स्मृति भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष जगन्नाथ आचार्यका अनुसार हाल भवन निर्माणको २५ प्रतिशत भौतिक प्रगति भएको छ । सहयोग संकलन गरिएको रु तीन करोडमध्ये रु ७५ लाख सरकारी निकायबाट हो भने अन्य रकम व्यक्तिगत सहयोगबाट जुटेको छ । गत वर्षदेखि थालिएको भवन निर्माण अभियानमा सहयोग जुट्ने क्रमले तीव्रता पाएको छ ।

अहिले बागलुङ नगरपालिका–३ नारायणचोकमा स्मृति भवन निर्माण भइरहेको छ । हालसम्म भवन निर्माणमा झण्डै रु एक करोड खर्च भइसकेको अध्यक्ष आचार्यले कताए। उक्त भवन निर्माणका लागि पूर्वाधार विकास कार्यालयबाट ५० लाख, बागलुङ नगरपालिकाबाट रु २० लाख र जैमिनी नगरपालिकाबाट रु पाँच लाख बजेट विनियोजन भई फछर्यौट भइसकेको छ । यस्तै जिल्लाका विभिन्न व्यक्ति, शुभेच्छुक तथा जनप्रतिनिधिबाट रु एक करोड ५९ लाख र जापानबाट ५० लाख संकलन भएको छ । 

‘सहयोग जुटाएरै आधुनिक भवन निर्माण थालिएको छ’, अध्यक्ष आचार्यले भने ‘अबको तीन वर्षमा भवनले सार्थकता पाउला भन्ने आशा छ, सहयोग उठ्ने क्रम जारी छ ।’ नेपाली कांग्रेस बागलुङका सभापति जित शेरचनले सहयोग संकलन अभियानलाई स्वदेशमा मात्रै नभएर विदेशमा समेत चलाइएको बताए । 

शेरचन हालैमात्र जापान भ्रमणमा पुगेर भवन निर्माणका लागि रु ६० लाख सहयोग संकलन गरेर फर्किएका छन् । रु १० करोड सहयोग जुटाउने नेपाली कांग्रेसको अभियान छ । बागलुङ नगरपालिका–३ नारायण चोकमा १४ आना जग्गा खरिद गरेर भवन निर्माण थालिएको हो । 

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  १० : ०७ बजे

विश्व बैंकको ऋणमा नेपालको ‘लाइफलाइन’ यसरी बन्दैछ ‘डेथलाइन’

काठमाडौं –  त्रिभुवन राजपथको काठमाडौं प्रस्थान हिस्सामा रहेको नागबेली पहाडी

‘जनताले अनुभूत गर्नेगरी सरकार काममा जुटेको छ’

लमजुङ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताका विकासका चाहना

‘कार्साङ’ प्रिमियर : सकारात्मक ‘वर्ड अफ माउथ’, नवनिर्देशक यम र नवनायिका सिर्जनाको काम कस्तो ?

काठमाडौं– नवनिर्देशक यम शेर्पा निर्देशित फिल्म ‘कार्साङ’को बुधबार प्रिमियर गरिएको

नेपाली सेनाद्वारा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं– सप्तरीमा नेपाली सेनाले निः शुल्क स्वास्थ्य शिविर संचालन गरेको

स्वास्थ्य मन्त्रालयको ‘हेल्लो हेल्थ’ले गर्‍यो १३० गुनासाको सम्बोधन

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको गुनासो सुनुवाइ एकाइ