‘विधिको शासन सर्वकालीन र संसारभरी आवश्यक’ « Khabarhub

‘विधिको शासन सर्वकालीन र संसारभरी आवश्यक’


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँमा ‘विधिको शासन, पारदर्शीता र सहभागिता : फिन्डल्याण्डको प्ररिप्रेक्ष्य’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौँको होटल एल्लो प्यागोडामा आयोजित कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले विधिको शासन सर्वकालीन र संसारभरी चाहिने विषय रहेको बताए । कार्यक्रममा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले मानव जातिले सभ्यताका बाटो अपनाउँदै गर्दा व्यक्तिले नभई कानूनले शासन गर्नुपर्ने उल्लेख गरे ।

कार्ययक्रमा नेपाल कानून समाजका कारयकारी निर्देशक कृष्णमान प्रधानले व्यवस्थापिकाले गुणस्तरीय नियम वा कानून बनाउन नसके कार्यपालिकाले कानूनको दुरुपयोग गर्नसक्ने जोखिम रहेको औँल्याए । उनले व्यवस्थापिकाले असल कानून बनाउन नसक्दा कार्यपालिकाले विधिको शासन (रुल अफ ल) नभई विधिको दुरुपयोग गरी शासन गर्ने (रुल बाई ल) गर्नसक्ने उल्लेख गरे । उनले यस्तो भएको खण्डमा न्यायपालिका अफ्ठेरोमा पर्ने बताए ।

कार्ययक्रमा नेपाल सरकारका पुर्व मुख्य सचिव तथा नेपाल कानून समाजका अध्यक्ष तीर्थमान शाक्यले कार्यक्रमको उद्घाटन गर्दै उपस्थित सबैलाई स्वागत गरे ।

त्यसैगरी, कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि फिनल्याण्डकी राजदूत रिना–रेक्का हेक्काले विधिको शासनबारे फिनल्याण्डको अनुभव सुनाइन् । उनले मानव अधिकार, भ्रष्टाचार निवारण, अभिव्यक्ति स्वतन्त्रताजस्ता विषय फिनल्याण्डमा विधिको शासनका विशेषता रहेको बताइन् । विधिको शासन भएका मुलुकमा कानून नै सर्वोपरी हुने भन्दै उनले त्यस्ता मुलुकमा कुनै पनि किसिमको पक्षपात नहुने र सबैले समान रुपमा सार्वजनिक सेवा प्राप्त गर्ने उल्लेख गरिन् ।

उक्त कार्यक्रममा संविधानविद्, वर्तमान एवम् पूर्वन्यायाधीशहरु, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ८ : १८ बजे

कांग्रेसको समानुपातिक सूची : भीष्मराज, अर्जुननरसिंह, भीमसेनदासदेखि डा. चन्द्रमोहनसम्म

काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनका

विश्वको चौथो ठूलो अर्थतन्त्रका रूपमा उभियो भारत 

एजेन्सी– भारतले जापानलाई पार गर्दै विश्वको चौथो ठूलो अर्थतन्त्रका रूपमा

कीर्तिमानी प्रधानमन्त्री बनेर अस्ताएकी खालिदा

खालिदा जिया बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री र बंगलादेश नेशनलिस्ट पार्टीकी

शीतलहर प्रभावित क्षेत्रमा दाउरा वितरण

राजविराज– शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि राजविराज नगरपालिकाले नगर क्षेत्रभित्र

कुलमान रास्वपामा विलय हुँदा पूर्वका पहिचानवादी बिलखबन्द

काठमाडौं- कुलमान घिसिङले उज्यालो नेपाल पार्टीलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा विलय