म्यान्मारमा भीषण आगलागी, ६० भन्दा बढी घरमा क्षति « Khabarhub

म्यान्मारमा भीषण आगलागी, ६० भन्दा बढी घरमा क्षति


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – म्यानमारको उत्तरी प्रान्त काचिनमा मङ्गलबार भएको भीषण आगलागीमा परी ६३ घर जलेर नष्ट हुनुका साथै करिब ३०३ जना विस्थापित भएको म्यानमार डिजिटल न्यूजले जनाएको छ ।

खुनलानफु शहरको शेन हकावन गाउँमा मङ्गलबार बिहान आगलागी भएको सञ्चारमाध्यमले जनाएका छन् । सेना र स्थानीय बासिन्दाले घण्टौँ लामो प्रयासपछि बिहान ५ बजेसम्ममा आगो निभाउन सफल भएका थिए ।

स्थानीय सञ्चारमाध्यमका अनुसार घटनामा कुनै मानवीय क्षति भने भएको छैन । गाउँका एक स्थानीय बासिन्दाले मङ्गलबार सिन्ह्वालाई दिएको जानकारीअनुसार गाउँलेहरूले चीसोमा ताप्न सल्काएको आगोबाट आगलागी सुरु भएको थियो ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ७ : ५३ बजे

सर्वपक्षीय बैठकमा ओलीबारे कांग्रेसले भन्यो : नेतामाथि ‘स्थान हद’ लगाएर निर्वाचन हुन सक्दैन

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै

‘ह्वील अफ फर्च्यून’ टेलिभिजन शो होस्ट गर्दै अक्षय कुमार

काठमाडौं– बलिउडका चर्चित अभिनेता अक्षय कुमार लामो समयपछि टेलिभिजनमा पुनः

एमसीसी कम्प्याक्टअन्तर्गत सडक मर्मतका लागि दुई सम्झौता

काठमाडौं- एमसिए–नेपालले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) कम्प्याक्टअन्तर्गत सडक मर्मत कार्य

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौं- आइतबार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार पनि

बोर्डको साप्ताहिक ब्रिफिङमा हराएको सुरक्षा पन्त स्टारर ‘धागो’को व्यापार ३९ हजार

काठमाडौं – व्यापार बढाइँचढाइ गरेर दर्शकलाई हलसम्म तान्ने मेकरहरूको कुचेष्टा