व्यास नगरपालिकाद्वारा भूकम्पपीडितलाई पाँच लाख सहयोग « Khabarhub

व्यास नगरपालिकाद्वारा भूकम्पपीडितलाई पाँच लाख सहयोग


२२ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

तनहुँ – व्यास नगरपालिकाले जाजरकोट भूकम्पपीडितका लागि रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको छ ।

व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो । भूकम्प पीडितको राहत सहयोगका लागि नगरपालिकाको विपद् कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए ।

भूकम्पमा परी ज्यान गुमाउनेप्रति श्रद्धासुमन व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै यस नगरपालिकाभित्र पनि भूकम्पको धक्काका कारण केही घर भत्किन गएको सूचना प्राप्त भएकाले नगरवासीलाई सुरक्षित रहन, कुनै विपद्जन्य अवस्था आइपरेमा नगरपालिकालाई सूचित गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

बैठकले व्यास नगरपालिकाअन्तर्गत जग्गा वर्गीकरण एवं सडक मापदण्ड निर्धारण कार्यविधि, २०८० पारित गरेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए । व्यास नगरपालिका दलित समन्वय समितिसम्बन्धी कार्यविधि, २०८० र नगरपालिकाबाट सम्पादित कार्यको विवरण तयारी निर्देशिका, २०८० पारित गरेको छ ।

व्यास नगरपालिका मानसिक स्वास्थ्य सम्बन्धी नीति पारित गर्ने र व्यास नगरपालिका वैदेशिक रोजगार व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७८ लाई संशोधन गर्ने निर्णय गरेको छ । नगरपालिकाभित्रका सञ्चालित खानेपानीका केही मूल दर्ता भएको नदेखिँदा तीन महिनाभित्र मूल दर्ताका लागि सूचना दिन निर्णय गरेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ८ : २२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै