अमेरिकीद्वारा दोस्रो पटक सिरियास्थित इरानी लडाकुमाथि हवाई हमला « Khabarhub

अमेरिकीद्वारा दोस्रो पटक सिरियास्थित इरानी लडाकुमाथि हवाई हमला


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन डिसी– इजरायल र हमासबीच जारी युद्धको क्रममा पूर्वी सिरियामा रहेको अमेरिकी सैन्य अखडामा इरान समर्थित समूहले आक्रमण गरिरहेको छ ।

यस हमलाको जवाफमा अमेरिकाले पनि बुधबार हवाई आक्रमण गरेको छ । जसमा इरान समर्थित समूहका ९ जना मारिएका छन्  । अमेरिकाले इरान समर्थित मिलिसियाले प्रयोग गरेको हतियार गोदाममा पछिल्लो हमला गरेको हो ।

एफ–१५ लडाकु विमानको सहयोगमा अमेरिकाले इरानको रिभोलुसनरी गार्डसँग सम्बन्धित हतियार गोदाममा आक्रमण गरेको अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले जानकारी दिए । उनले भनेका छन्,  ‘हाम्रो लागि अमेरिकी सैनिकको सुरक्षा गर्नुभन्दा महत्वपूर्ण केही छैन । यस कारबाहीबाट हामीले प्रमाणित गर्‍यौँ कि अमेरिकाले आफ्ना सैनिकहरूको हितका लागि जे पनि गर्छ।’

पछिल्लो दुई हप्तामा दोस्रो पटक अमेरिकाले सिरियामा रहेको इरानी रिभोलुसनरी गार्डसँग सम्बन्धित हतियार गोदामहरूलाई निशाना बनाएको हो । अमेरिकाले अक्टोबर १७ यता कम्तीमा ४० वटा यस्ता हमला भएको जानकारी दिएको छ । जसमा अमेरिकी सैन्य आधार शिविरलाई निशाना बनाइएको छ ।

अमेरिकाले इरान र उसका सहयोगीहरूलाई इजरायल–हमास द्वन्द्वलाई क्षेत्रीय युद्धमा परिणत गर्नबाट रोक्न खोजिरहेको छ। जसका कारण इरानले समर्थन गरेको आधार हो । यस कारणले इरान समर्थित लक्ष्यहरूमा आक्रमण र नियन्त्रण गरिरहेको छ ।

गत महिना अक्टोबर ७ मा इजरायलमा हमास समूहले हमला गरेको थियो जसमा हालसम्म १४०० इजरायलीको मृत्यु भइसकेको छ । इजरायलले इरानले हमासलाई सहयोग गरिरहेको दाबी गरेको छ । 

जसका कारण इरान समर्थित समूहले पूर्वी सिरियामा रहेको अमेरिकी सैन्य आधार शिविरमा आक्रमण गरेपछि अमेरिकाले पनि जवाफी कारबाही गरेको जनाइएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  ७ : ४९ बजे

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा

७५० केजी गाँजासहित दुई जना पक्राउ

उदयपुर– उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५०

थाइल्यान्ड र क्याम्बोडियाबीच शान्ति सम्झौता

एजेन्सी– थाइल्यान्ड र क्याम्बोडियाले शनिबार तत्काल युद्धविराममा सहमति जनाएका छन्

गोरु पाल्ने किसानलाई बिहादी गाउँपालिको अनुदान

पर्वत– जिल्लाको बिहादी गाउँपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान प्रदान

रास्वपासँग सहमति नभए ज्वागलमै खुल्ने बालेनको ‘देश विकास पार्टी’ कार्यालय

ललितपुर – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ राजनीतिक दल