विज्ञान र प्रविधिमा राज्यको ध्यान आकर्षित हुनुपर्छ : प्रधानमन्त्री « Khabarhub

विज्ञान र प्रविधिमा राज्यको ध्यान आकर्षित हुनुपर्छ : प्रधानमन्त्री


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशलाई समुन्नत बनाउन, आर्थिक विकासका निम्ति उत्पादनसँग जोड्न र जनताको जीवनस्तर उकास्न नवप्रवर्तन एवं नवीनतम प्रविधिको महत्वपूर्ण भूमिका रहने बताएका छन् । 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४६ औँ प्राज्ञ सभालाई आज सम्बोधन गर्दै उनले नवीनतम र उदीयमान प्रविधि विकासको अपरिहार्यतालाई आत्मसात गर्दै राष्ट्रको ध्यान यसतर्फ आकर्षित गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री दाहालले विज्ञान र प्रविधिमा भएका प्रवर्द्धनात्मक कार्यहरू प्रशंसनीय भए पनि राज्यको ध्यान विज्ञान र प्रविधिमा अझै केन्द्रित हुन नसकेको बताए । उनले ४० वर्षमा जम्माजम्मी ४ अर्बको बजेटबाट गरिएका विज्ञान, प्रविधि र प्रवर्द्धनात्मक कार्यहरू पर्याप्त नभए पनि प्रशंसनीय भएको बताए ।

उनले विज्ञान र प्रविधिको अनुसन्धानमा सक्रिय रहेर, अनुसन्धानकर्तालाई सहयोग र सहकार्य गरेर, विज्ञान र प्रविधिको विस्तारलाई प्रवर्द्धन गर्न नास्ट र यसका सहयात्री संस्थाहरूले गरेको योगदानप्रति धन्यवाद व्यक्त गरे । वर्तमान परिस्थितिमा सहकार्यको माध्यमबाट नै सफलताको सिँढी उक्लन सहज हुने प्रधानमन्त्रीको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले आफैँ पनि विज्ञानको विद्यार्थी भएकाले विज्ञान तथा प्रविधिका क्षेत्रमा नेपाली वैज्ञानिक प्राविधिज्ञहरूको क्षमता र योगदानको बारेमा अनभिज्ञ नभएको बताए । 

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  ११ : ४३ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको