सुभमन गिल एकदिवसीय ब्याटरतर्फ शीर्ष स्थानमा उक्लिए  « Khabarhub

सुभमन गिल एकदिवसीय ब्याटरतर्फ शीर्ष स्थानमा उक्लिए 


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय क्रिकेट टिमका ओपनर ब्याटर सुभमन गिल पाकिस्तानी कप्तान बाबर आजमलाई पछि पार्दै एकदिवसीय क्रिकेटको ब्याटरमा शीर्ष स्थानमा उक्लेका छन् ।

विश्वकपको सुरुवातमा डेँगुको शिकार भएका गिलले ६ वटा इनिङ्स खेल्दै २१९ रन बनाएका छन् । उनले बंगलादेश र श्रीलंकाविरुद्ध अर्धशतकीय पारी खेलेका छन् । जारी विश्वकपका ८ खेलमा ४ अर्धशतक बनाएका बाबर दोस्रो स्थानमा झरेका छन् । तेस्रो वरीयतामा दक्षिण अफ्रिकाका क्विन्टन डि कक छन् ।

उनी एक दिवसीय क्रिकेटको ब्याटिङतर्फ शीर्ष स्थानमा पुग्ने भारतको चौथो खेलाडी हुन् । यसअघि सचिन तेन्दुल्कर, महेन्द्र सिंह धोनी र विराट कोहली शीर्ष स्थानमा पुगेका थिए ।

जारी विश्वकपमा दुई शतक र चार अर्धशतक बनाएपछि कोहली अहिले वरियताको चौथो स्थानमा उक्लेका छन् । भारतीय कप्तान रोहित शर्मा भने छैटौं स्थानमा छन् ।

बलिङतर्फ भारतका मोहम्मद सिराज शीर्ष वरीयतामा छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  १ : ५३ बजे

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव