सुर्खेतमा विप्लव समूहका २ कार्यकर्ता पक्राउ « Khabarhub

सुर्खेतमा विप्लव समूहका २ कार्यकर्ता पक्राउ


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुर्खेत प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका २ जना कार्यकर्तालाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी व्यूरो टोलीले शुक्रबार वीरेन्द्रनगर–१०, पदमपुरबाट विप्लव समुहको भ्रातृ संगठन युवा संगठन जाजरकोटका अध्यक्ष खड्कबहादुर सिंह र लेखबेसी–६, बाट सुर्खेत जिल्ला सदस्य हिरु शाहीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) प्रदीपबहादुर क्षेत्रीले अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा जाजरकोटबाट फरार रहेका सिंहलाई पक्राउ गरी शुक्रबार नै जाजरको पठाइएको बताए ।

उनले विप्लवका अर्का जिल्ला कमिटी सदस्य शाहीलाई भने नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय छिन्चुमा थप अनुसन्धान भइरहेको जनाए ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ७ : ०७ बजे

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम