बङ्गलादेशमा तयारी पोशाक श्रमिकमाथि प्रहरीद्वारा अश्रुग्यास प्रहार « Khabarhub

बङ्गलादेशमा तयारी पोशाक श्रमिकमाथि प्रहरीद्वारा अश्रुग्यास प्रहार


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

गाजिपुर सरकारले प्रस्ताव गरेको पारिश्रमिक वृद्धिलाई अस्वीकार गर्ने तयारी पोशाक श्रमिकको विरोध प्रदर्शनमा हिंसा भड्किएपछि बङ्गलादेश प्रहरीले बिहीबार रबरको गोली र अश्रुग्यास प्रहार गरेको अधिकारी र प्रत्यक्षदर्शीहरूले बताएका छन् । 

सरकारले नियुक्त गरेको प्यानलले मङ्गलबार मुलुकको तयारी पोशाक कारखानाका ४० लाख श्रमिकका लागि पारिश्रमिकमा ५६ दशमलव २५ प्रतिशतले वृद्धि गरेको थियो । श्रमिकहरूले भने आफ्नो मासिक पारिश्रमिकमा करिब तीन गुणाले वृद्धि गर्नुपर्ने माग गरिरहेका छन् । 

बङ्गलादेशको तीन हजार पाँच सय तयारी पोशाक कारखानाले मुलुकको ५५ अर्ब अमेरिकी डलरको वार्षिक निर्यातमा करिब ८५ प्रतिशत योगदान गर्दछन् । यी कारखानाले लेभी, जारा र एच एन्ड एमलगायत विश्वका थुप्रै शीर्ष ब्रान्डहरूलाई तयारी पोशाक आपूर्ति गर्दछन् ।

तर यो क्षेत्रका ४० लाख श्रमिकमध्ये धेरैको स्थिति दयनीय छ । यिनीहरूमा अधिकांश महिला छन् र उनीहरूको मासिक पारिश्रमिक आठ हजार तीन सय टाका (७५ अमेरिकी डलर) बाट सुरु हुन्छ । 

एक हजारभन्दा बढी श्रमिकले प्यानलको प्रस्तावलाई अस्वीकार गर्दै एउटा राजमार्गमा विरोध प्रदर्शन गरेपछि राजधानी ढाकाबाहिरको औद्योगिक सहर गाजिपुरमा हिंसा भड्किएको प्रहरीले जनाएको छ ।

‘श्रमिकहरूले सडक अवरुद्ध गर्ने प्रयास गरेपछि हामीले उनीहरूलाई तितरबितर गर्न अश्रुग्यास र रबरको गोली प्रयोग गर्नुपर्यो’, घटनास्थलमा रहेका एएफपीका संवाददातालाई गाजिपुरका प्रहरी उपप्रमुख अशोककुमार पालले भने । श्रमिकहरूले अधिकारीहरूमाथि इँटा र ढुङ्गा प्रहार गरेको र सडकमा आगो लगाएको प्रहरीले जनाएको छ । 

श्रमिकहरूले २३ हजार टाकासम्म पारिश्रमिक वृद्धिको माग गरिरहेका छन् र उनीहरूको प्रतिनिधित्व गर्ने युनियनहरूले प्यानलको वृद्धि प्रस्तावलाई ‘हास्यास्पद’ भन्दै अस्वीकार गरेका छन् । उत्तरी ढाकाको उपनगर अशुलियामा पनि कयौँ हजार श्रमिकले कारखाना छोडेको प्रहरीले बताएको छ । 

गत साता प्रमुख औद्योगिक सहरहरूमा पारिश्रमिकसम्बन्धी विरोध प्रदर्शन सुरु भएपछि कम्तीमा तीन श्रमिकको मृत्यु भएको प्रहरीले बताएको छ । तीमध्ये बुधबार २३ वर्षीया एक महिलाको गोली हानी हत्या गरिएको थियो । विरोध प्रदर्शनमा कम्तीमा पाँच प्रहरी अधिकारी पनि घाइते भएका छन् । 

युनियनहरूले प्यानलको पारिश्रमिक वृद्धि खाना, घरभाडा र छोराछोरीको शिक्षा तथा हेरचाहको बढ्दो मूल्यअनुसार नभएको बताएका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  ३ : १४ बजे

कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री परियार

काठमाडौं – कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारले जलवायु

आठ हजार पाँचसय पर्यटकले गरे मनास्लु क्षेत्र भ्रमण

गोरखा – चालु आर्थिक वर्षको साउनयता आठ हजार ५४४ पर्यटकले

निर्वाचन लोकतन्त्रको आधारशीला हो, मत हाल्ने अवसर गुमाउनुहुन्न : गृहमन्त्री

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको आधारशीला भएकाले मत

बन्चरेडाँडाका स्थानीयलाई मन्त्री घिसिङले भने : प्रतिवद्धताअनुसार काम हुन्छ

काठमाडौँ- काठमाडौँ उपत्यकाको फोहोर बिजर्सन गर्न बञ्जरेडाँडा ल्याण्डफिल्ड साइट प्रभावित

एएफसी एसिया कप छनोट: मलेसियासँग पराजित भयो नपाल

काठमाडौँ- एएफसी एसिया कप छनोट प्रतियोगितामा नेपाल मलेसियासँग पराजित भएको