विवाहको १२ वर्षपछि हनी सिंहको सम्बन्धविच्छेद « Khabarhub

विवाहको १२ वर्षपछि हनी सिंहको सम्बन्धविच्छेद


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतका चर्चित र्‍यापर हनी सिंहले सम्बन्धविच्छेद गरेका छन् । बिहे गरेको १२ वर्षपछि श्रीमती शालिनी तलवारसँग हनीले पारपाचुके गरेका हुन् ।

लामो समयसम्म उनी आफ्नो विवाहित जीवनलाई लिएर चर्चामा थिए । दिल्लीको फ्यामिली कोर्टले सिंह सम्पत्तिलाई अलग्गिने मन्जुरी दिएको छ । साढे २ वर्षदेखि सम्बन्ध विच्छेदको मुद्दा अदालतमा विचाराधीन थियो ।

शालिनीले हनीलाई घरेलु हिंसाको आरोप लगाएकी थिइन् । अदालतले सम्बन्धविच्छेदलाई अनुमति दिनु अघि हनीलाई अन्तिम पटक अब पनि पत्नीको साथमा रहने कोसिस गर्न चाहन्छौँ ? भनेर सोधेको थियो । यसको उत्तरमा उनले अब पनि साथमै बस्नु कुनै औचित्य नभएको उत्तर दिएका थिए ।

शालिनीले पनि हनीको उत्तरमा सहमति जनाएकी थिइन् । दुबैले एक अर्कामाथि लगाएको आरोप फिर्ता लिएका छन् । हनी र शालिनीले लभ म्यारिज गरेका थिए । लामो समयसम्म एक अर्कालाई डेट गरेपछि सन् २०११ मा सिख रीतिरिवाजअनुसार दुबैको बिहे भएको थियो ।

शालिनीसँग उनको अफेयरको चर्चा चल्न थालेपछि एउटा रियालिटी शोमा हनीले आफूले शालिनी आफ्नो पत्नी भएको अनि बिहे भएको तीन वर्ष भइसकेको खुलासा गरेका थिए ।

सोत: एएनआई

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  ८ : २९ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।