नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन दिँदैनौँ : माधव नेपाल « Khabarhub

नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन दिँदैनौँ : माधव नेपाल


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कुङमिङ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । चिनियाँ सहयोग परियोजना बीआरआईसम्बन्धी चीनको कुङमिङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले समाजवादी चीनलाई आर्थिक तथा सुरक्षाका विभिन्न माध्यम प्रयोग गरी घेरा हाल्ने एवम् कमजोर बनाउने कतिपय क्रियाकलापप्रति आफूहरू सचेत रहेको बताए। 

उनले भने, ‘नेपालमा आन्तरिक द्वन्द्व चर्काउने, सैन्य तथा सुरक्षा सहयोगमार्फत भू–राजनीतिकरुपमा चीनलाई घेरा हाल्न खोज्ने हाम्रो भूमि प्रयोग गर्ने कुनै पनि कामलाई हामी स्वीकार गर्न सक्दैनौँ ।’ चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी), दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका अन्य राजनीतिक दलहरुबीचको सम्बन्ध सहकार्य, आपसी समझदारीमा आधारित भएको भन्दै उनले चिनियाँ कम्युनिष्ट पार्टीले यी क्षेत्रका विभिन्न राजनीतिक दलसँग खुला संवाद, विचारको आदानप्रदान र क्षेत्रीय विश्वव्यापी मुद्दामा एकअर्कालाई सहयोग तथा प्रोत्साहनसहित सम्बन्ध स्थापना गर्ने कोसिस गरेको बताए। 

यसप्रकारको सहयोग र दृष्टिकोणले दक्षिण एसिया र दक्षिण पूर्वी एसियाको शान्ति, विकास र स्थिरतालाई सुदृढ पार्ने लक्ष्य लिएको उनको भनाइ छ । रचनात्मक छलफल र साझेदारी पहलहरुमा सम्बन्ध भएर सीपीसी तथा दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका अन्य राजनीतिक दलहरुले क्षेत्रीय सद्भाव, आर्थिक समृद्धि र सांस्कृतिक आदान प्रदानमा योगदान दिने कोसिस गरिरहेको उनले उल्लेख गरे।

 उनले साझा चुनौतीहरुको मिलेर समाधान गर्न पनि आवश्यक रहेको बताए। उनले दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका राजनीतिक दलले सीपीसीसँग सम्बन्धलाई थप बलियो र दरिलो बनाएर समाज विकासका विभिन्न पक्षमा काम गर्नु आवश्यक रहेको बताए।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ३ : ०९ बजे

अर्थमन्त्री वाग्लेले दिए आफूमाथि प्रश्न उठाउनेको काण्ड छानबिन गर्ने धम्की

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिपक्षतर्फ इसारा गर्दै आफूमाथि करको

रास्वपाकै सांसद अमरेशको टिप्पणी : यो आफैँमा फुलेको बेलुन हो, लामो समय टिक्दैन

काठमाडौं–  सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार

डाँका चोरी मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

काठमाडौं– डाँका चोरी मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई बुधबार प्रहरीले पक्राउ

भन्सार छलेर ल्याइएका छ लाख बराबरका सामान बरामद

इनरुवा– सुनसरी जिल्ला विभिन्न स्थानबाट प्रहरीले भन्सार छली अवैध रूपमा

वाल्मीकि विद्यापीठको नक्कली पत्रबाट ८ विदेशीलाई अध्ययन भिसा, दुईजना पक्राउ

काठमाडौं– वाल्मिकी विद्यापीठको नक्कली पत्र प्रयोग गरी आठ विदेशी नागरिकले