प्रधानमन्त्रीद्वारा थवाङ खोलामा निर्मित पक्की पुलको उद्घाटन « Khabarhub

प्रधानमन्त्रीद्वारा थवाङ खोलामा निर्मित पक्की पुलको उद्घाटन


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

रोल्पा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पाको थवाङ गाउँपालिकास्थित थवाङ खोला पक्की पुलको आज उद्घाटन गरेका छन् । उक्त पुलको लम्बाइ एक सय ६९ मिटर रहेको छ । सो  अवसरमा उनले सहिदमार्ग कालोपत्र, थवाङमा फलफूल र जडीबुटी परियोजना  र रोल्पाका सबै स्थानमा विद्युत् सेवा विस्तार गरिने जानकारी दिए। 

प्रधानमन्त्री दाहालले आज नै  थवाङमा आयोजित गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै फुट र विभाजनका कारण माओवादी शक्ति केही कमजोर भएको जनाउँदै यसलाई शक्तिशाली बनाउन एकीकरण र ध्रुवीकरणको प्रक्रिया सुरु भएको बताए। उनले भने, ‘माओवादी धारको एकीकरण यथाशीघ्र हुन्छ । पार्टी एकताका लागि विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीसँग निकटता रहेकाले यसले यथाशीघ्र मूर्तरुप लिन्छ ।’

 प्रधानमन्त्री दाहालले रोल्पा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ  । 

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ३ : २८ बजे

‘पाकिस्तानी गोलाबारीका कारण चार जनाको मृत्यु’

एजेन्सी– पूर्वी अफगानिस्तानमा आइतबार – सोमबारको बीचमा भएको पाकिस्तानी गोलाबारीमा

सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

भैरहवा– बिहानको शान्त वातावरणमा लुम्बिनी आसपासका सिमसार क्षेत्रमा कहिलेकाँही सुनिने

शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

काठमाडौं– काठमाडौँ महानगरपालिका-­७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा

काठमाडौंको वायु गुणस्तरमा सुधार, हल्चोकबाट यस्तो देखियो उपत्यका (तस्बिरहरू)

काठमाडौं– उपत्यकाको वायु गुणस्तरमा सुधार भएको छ । केहीदिन अघिमात्र

ऊर्जा बजारको अस्थिरता कम गर्न आपतकालीन तेल आपूर्ति सुरु हुने

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले एसिया र ओसियानिया क्षेत्रका सदस्य राष्ट्रहरूले