न्यायाधीश नियुक्ति प्रक्रिया छिट्टै सुरु हुन्छ : प्रधानन्यायाधीश श्रेष्ठ « Khabarhub

न्यायाधीश नियुक्ति प्रक्रिया छिट्टै सुरु हुन्छ : प्रधानन्यायाधीश श्रेष्ठ


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश नियुक्ति प्रक्रिया छिट्टै टुङ्ग्याउने बताएका छन्।

आज सर्वोच्च अदालत बार एसोसिएसनको भवन निर्माणका लागि जग्गा भोगाधिकरणको पत्र हस्तान्तरण कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा बाँकी न्यायाधीश नियुक्ति प्रक्रियालाई छिट्टै टुङ्ग्याउने बताए । 

‘छिटो न्याय दिनका लागि पुराना मुद्दा फछ्र्योटलाई तीव्ररुपमा अगाडि बढाएका छौँ, त्यो अभियान पूरा गर्नका लागि न्यायाधीशको पनि जरुरी पर्छ’, प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘न्यायालयप्रति जनआस्था वृद्धिका लागि काम गरिरहेको बढाउका छौँ ।’

प्रधानन्यायाधीश श्रेष्ठले केही समयपछि नै केही जिल्लामा भिडियो कन्फ्रेन्समार्फत बहस व्यवस्थापनको प्रवर्ग मिलाउने तयारी गरिरहेको जानकारी दिए। ‘जुम्ला इजलास, धनकुटा इजलास, हेटौँडा इजलासमा चाँडै भिडियो कन्फरेन्सको माध्यमबाट बहस व्यवस्थापन गर्ने तयारी भएको छ’, उनले भने।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ४ : ५६ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली