नेपाली र अमेरिकी सेनाको विपद् व्यवस्थापन प्रतिकार्य तालिम सम्पन्न « Khabarhub

नेपाली र अमेरिकी सेनाको विपद् व्यवस्थापन प्रतिकार्य तालिम सम्पन्न


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेना र अमेरिकी सेना प्यासिफिकको आयोजनामा सञ्चालित छैटौँ संस्करणको विपद् व्यवस्थापन प्रतिकार्य तथा अनुभव आदानप्रदानसम्बन्धी संयुक्त अभ्यास (डिआरइई–२०२३) सम्पन्न भएको छ ।

यही कात्तिक २० गतेदेखि सञ्चालित तालिममा विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा गरिएका एकअर्काका अनुभव आदानप्रदान गरिएको नेपाली सेनाले जनाएको छ ।

तालिममा नेपाल सरकारका विभिन्न मन्त्रालयका प्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, सरकारी एवं गैरसरकारी निकायका प्रतिनिधिलगायत बेलायत, क्यानडा, भारत, श्रीलङ्का, मालदिभ्स, मङ्गोलिया, कम्बोडियाका प्रतिनिधिको सहभागिता थियो ।

पाँच दिनसम्म चलेको सो तालिमका क्रममा काठमाडौँ र चितवनमा शैक्षिक छलफल, टेबल कार्य तथा विभिन्न अभ्यास सञ्चालन गरिएको सेनाले जनाएको छ ।

तालीमको समापन गर्दै बलाध्यक्ष रथी सीताराम खड्काले विभिन्न प्राकृतिक प्रकोपबाट नेपाली सेनाले सिकेका पाठ, अन्य राष्ट्रमा विपद् न्यूनीकरण गर्न अपनाइएका अवधारणा र सहभागी राष्ट्रको अनुभव आदानप्रदान तथा सहकार्यले भविष्यमा आउन सक्ने प्रकोपलाई सामना गर्न र खोज, उद्धार तथा राहतका कार्यलाई सहज एवं प्रभावकारी बनाउन टेवा पुग्ने विश्वास व्यक्त गरे ।

विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सन् २०११ देखि यस खालका कार्यक्रम सञ्चालन हुँदै आएका छन् । उक्त संयुक्त अभ्यासबाट मित्रराष्ट्र तथा विभिन्न निकायबीचको आपसी सहयोग, सद्भाव र समन्वयका साथै विपद् व्यवस्थापन क्षमता विकास गर्न मद्दत पुग्ने सेनाले विश्वास लिएको छ । समापन समारोहमा नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनको समेत उपस्थिति रहेको थियो । 

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ६ : ५७ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र