पोखरामा जनकपुरको मिथिला संस्कृति प्रदर्शन गरिने « Khabarhub

पोखरामा जनकपुरको मिथिला संस्कृति प्रदर्शन गरिने


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

गण्डकी- आभ्या क्लबको आयोजनामा यही मंसिर ९ र १० गते पोखरामा जनकपुरको मिथिला संस्कृति, कला एवं पोखरेली ह्याण्डीक्राफ्ट प्रदर्शनी हुने भएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक कृपा श्रेष्ठले जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेली सामु ल्याउन लागेको जानकारी दिइन् ।

‘मिथिला शैली, कला र सांस्कृतिक समृद्धि’ नाराका साथ गर्न लागिएको प्रदर्शनीमा जनकपुरका आठ कलाकारसहित १५ जनाको टोली पोखरा आउने उनको भनाइ छ ।

उक्त क्रममा आभ्या क्लब परिसरमा नै पोखरेली महिलाको हस्तकला प्रदर्शन गरिने उल्लेख गर्दै उनले मिथिला र पोखरेली कलाकारको सहभागितामा चित्रकला कार्यशाला पनि गरिने बताए ।

कला संस्कृतिको संरक्षणका लागि यसअघि साउनको दोस्रो साता ‘अ डे विद कलर्स’ शीर्षकमा पोखराका बालबालिका तथा विभिन्न उमेर समूहका झण्डै २५० जनाको सहभागितामा सम्पन्न गरिएको क्लबले जनाएको छ । त्यस्तै भदौको तेस्रो साता माटो, कला र पोखरा शीर्षकमा मूर्तिकलासमेत सम्पन्न गरिएको श्रेष्ठले जानकारी दिइन् ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ८ : ३९ बजे

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर