विश्वकपमा दक्षिण अफ्रिकी भाग्य | Khabarhub Khabarhub

विश्वकपमा दक्षिण अफ्रिकी भाग्य


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

भाग्यलाई आधार मान्ने हो भने दक्षिण अफ्रिका संसारका क्रिकेट टोली मध्ये सबै भन्दा अभागी टोलीको रूपमा परिचित टोली हो। १९९० को दशकको सुरुवातमारङ्गभेद विरोधी आन्दोलनले सार्थकता पाएसँगै खुला विश्वमा प्रवेश पाएकोदक्षिण अफ्रिका पाँचौँ विश्वकप देखिनै आकर्षक टोलीको रूपमा विश्वकपमासहभागी हुँदै आएको छ। परन्तु सो टोलीमा केही कमजोरी पक्कै थिए। यदि कमजोरी नहुँदो हो त भाग्यकै आधारमा मात्र दक्षिण अफ्रिका अहिलेसम्म
सेमिफाइनलभन्दा अघि बढ्न रोकिएको पक्कै होइन।

केही क्षमता केही फरक ढङ्गको ब्याटिङ र केही नपत्याउँदो कमजोरीका साथ दक्षिण अफ्रिका विश्वकप क्रिकेट २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ। एक खेलमा जित हात पारे पनि पहिलो पटक विश्वकप फाइनलमा प्रवेश गर्ने इतिहास दक्षिण अफ्रिकी क्रिकेटमा लेखिने छ।

नेल्सन मन्डेलाको युगमा दक्षिण अफ्रिका सन् १९९० को दशकको सुरुवातमा खुला भएपछि पहिलो पटक पाँचौँ विश्वकपमा सहभागिता जनाएको थियो। इङ्गल्यान्डसँगको खेलमा दक्षिण अफ्रिकाको हार साँच्चै क्रिकेट जगत् कै लागि आश्चर्य र दुखको विषय थियो। अन्तिम १३ बलमा दक्षिण अफ्रिकालाई २२ रनको आवश्यक थियो। वर्षाले खेल बाधक भएपछि दक्षिण अफ्रिकालाई अन्तिम १ बलमा २२ रनको आवश्यक थियो। जुन कुरा सम्भव थिएन। त्यसै कारण अत्यन्तआलोचित रहेको मस्ट प्रोडक्टीभ ओभर मेथड हटाइएको थियो। दक्षिण अफ्रिका फाइनल प्रवेश गर्न बाट सोही नियमले चुकेको थियो। त्यसपछि सन् १९९६ को विश्वकप दक्षिण एसियाका लागि महत्त्वपूर्ण विश्वकप हो।

भारत, पाकिस्तान र श्रीलङ्कामा भएको खेलको पहिलो चरणमा दक्षिण अफ्रिकाले सानदार प्रदर्शन गरेको थियो। यसको ठिक उल्टो वेस्ट इन्डिजमुस्किलले क्वार्टर फाइनल प्रवेश गरेको थियो। क्वार्टर फाइनल खेल कराँचीमा भएको थियो। सो खेलमा ब्रायन लाराले उत्कृष्ट प्रदर्शन गर्दै ९४ बलमा १ सय ११ रन प्रहार गरेका थिए। सोही प्रदर्शनको आधारमा वेस्ट इन्डिजले ८ विकेटको क्षतिमा २ सय ६४ रन जोडेको थियो। दक्षिण अफ्रिका तीन बल बाँकी रहँदा नै २ सय ४५ रनमा सीमित भएको थियो।

सन् १९९६ को विश्वकप लान्स क्जुजनरको नामले चिनिन्छ। दक्षिण अफ्रिका फेरि एक पटक उपाधिको दाबेदारको रूपमा विश्वकपमा प्रवेश गरेको थियो। एक से एक अलराउण्डरले भरिएको सो टोलीका माथिल्ला क्रमका ब्याट्सम्यान विश्वकपमा खासै जमेनन्। तथापि बलर लान्स क्लुजनर सो प्रतियोगिताका हरेक खेलमा जमेका थिए। उनकै कारण दक्षिण अफ्रिका स्वतः उपाधिको दाबेदारको रूपमा रहेको थियो।

त्यस समयमा अस्ट्रेलियाको टोलीमा दाजु भाइ वाँ मार्क र स्टिमकोसेरोफेरोमा घुमेको थियो। पहिलो चरण र सुपर सिक्स पार गर्दै पाकिस्तान, न्युजिल्यान्ड, पाकिस्तान,अस्ट्रेलिया र दक्षिण अफ्रिका सेमिफाइनलमाप्रवेश गरेका थिए।

सेमिफाइनलमा दक्षिण अफ्रिका र अस्ट्रेलिया बिचमा खेल भएको थियो। सो खेलमा पहिले ब्याटिङ गरेको अस्ट्रेलिया २ सय १३ रनमा सीमित भएपछि दक्षिण अफ्रिकाले जित्ने अनुमान धेरैको थियो। अन्तिम ओभरमा दक्षिण अफ्रिकालाई नौ रनको आवश्यक भएको समयमा लान्स क्लुजनरले लगातार दुई चौका प्रहार गरेका
थिए। त्यसपछि कप्तान वाँले सबैलाई घेरेर एक रन रोक्ने प्रयास गरे। लगातार दुई बल रन रोकिएपछि दक्षिण अफ्रिकाले ओभरको पाँचौँ बलमा दबाबमा एक रन लिने प्रयास गरेको थियो। क्लजुनर र एलन डोनाल्डको समन्वय नमिल्दा सो टोलीले अन्तिम विकेट गुमाएको हो। सुपर सिक्ससम्मको रन रेटको आधारमा अस्ट्रेलिया
फाइनलमा प्रवेश गर्न सफल भयो।

सन् २००३ को विश्वकपमा दक्षिण अफ्रिका श्रीलङ्कासँग अन्तिम खेलमा डर्कवर्थ लुइस नियमको हिसाब गर्न चुकेपछि बाहिरिएको थियो। घरेलु भूमिमा भएको खेलमा डर्वानमा परेको पानीले दक्षिण अफ्रिकी सपना समेत बगाएको थियो।

अन्तिम बलमा जितका लागि एक रन चाहिने अवस्थामा मार्क बाउचर थक्रिजमा थिए। उनले गलत हिसाब गर्दै रन नआए पनि जित्ने सोचेर कुदेका थिएनन्। त्यसै कारण सो टोली बाहिरिएको थियो। त्यसपछि दुई विश्वकप कमजोर रहेको दक्षिण अफ्रिका सन् २०१५ मा फेरि अर्को पटक वर्षाको सिकार भएको थियो। न्युजील्यान्डविरुद्ध जितको नजिक पुगेको समयमा पानीले ओभर घटाइएको थियो। न्युजील्यान्डको पहिलो विकेटका लागि खेलिएको खेलका कारण सो टोली फेरि कहिले पनि फर्कन सकेन। सन् २०१९ मा दक्षिण अफ्रिका एकदमै कमजोर थियो। त्यसपछिको सन् २०२३दक्षिण अफ्रिका धेरै कुरामा सुधारिएको छ।

विगतमा स्पिनर नै नरहने टोलीमा अहिले केशव महाराज जस्ता प्रभावशाली स्पिनर छन्। साथमा अर्का वैकल्पिक स्पिनर पनि छन्। स्पिन बलको सामना गर्न नसकेर बाहिरिने गरेको दक्षिण अफ्रिकाका मध्य क्रमका ब्याट्सम्यान अहिले स्पिनरको राम्रो सामना गरेका छन्। मार्को यान्सन र प्रारम्भिक ब्याट्सम्यान क्विन डी कक छाएका छन्। तथापि केही कमजोरी यस टोलीमा रहेका छन्। लक्ष्य पछ्याउने यो टोली पाँच बलरको रूपमा मात्र खेल्ने गरेको छ। प्रारम्भिक बलर लुंगा एनगीडी र प्रारम्भिक ब्याट्सम्यान टेम्भा बभुमा पुरै असफल छन्। लक्ष्य पछ्याउने क्रममा विकेट गिर्ने क्रम सुरु भएपछि दबाबको सामना गर्न असमर्थ देखिएको छ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ९ : २२ बजे

राजा वीरेन्द्रको शान्ति क्षेत्र प्रस्ताव अघि बढाउने प्रचण्डको चाहना

काठमाडौं- पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व

अस्पतालमा काम गर्ने समयमा चिकित्सक उपलब्ध हुनुपर्छ : मन्त्री पौडेल

चितवन– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा काम गर्ने

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो

म्याग्दी–  मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीस्थित जनशान्ति माध्यामिक विद्यालयमा ३२

शान्ति क्षेत्रको प्रस्ताव देश बचाउने महत्वपूर्ण एजेण्डा : प्रचण्ड

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा, ८० प्रतिशत काम सम्पन्न

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले निर्माण