कर्णाली करिडोर मर्मतका क्रममा पहिरोमा पुरिएर एक जनाको मृत्यु | Khabarhub Khabarhub

कर्णाली करिडोर मर्मतका क्रममा पहिरोमा पुरिएर एक जनाको मृत्यु


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मान्म– कर्णाली करिडोर सडक मर्मतका क्रममा पहिरोमा पुरिएर डोजर चालक मृत्यु भएको छ । करिडोरअन्तर्गत जिरो प्वाइन्ट, कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित कालेखोलामा खसेको सुख्खा पहिरोमा पुरिएर डोजर चालकको चालकको मृत्यु भएको हो ।

कर्णाली करिडोर जोड्ने जिरो प्वाइन्टको सडक मर्मत गरिरहेकाबेला माथिबाट चट्टानसहित खसेको पहिरोमा पुरिएर कालिकोट पचालभरना गाउँपालिका–८ खडितोलीका ३० वर्षीय धीर सज्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले जानकारी दिए। सडक फराकिलो गरिरहेकाबेला माथिबाट खसेको पहिरोले पुरिएर डोजर चालकको मृत्यु भएको उनको भनाइ थियो ।

‘माथिबाट चट्टान खसेको चालकलाई केही जानकारी संकेत नै भएन । एक्कासी चट्टान खसेपछि भाग्नसक्ने अवस्था भएन’, थापाले भने, ‘चालकको घटनास्थलमा मृत्यु भएको छ ।’ पहिरोले डोजर पुरै पुरिएकाले घटना शुक्रबार बेलुकाको भए पनि १८ घण्टापछि आज बिहान मृतकको शव निकालिएको उनले जानकारी दिए।

‘हिजो रात परेकाले अरु पहिरो खस्ने खतरा हुनसक्ने देखिएपछि शव निकाल्न सकिएको थिएन्’, थापाले भने, ‘बिहान उज्यालो भएपछि शव निकालेर परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ ।’ पहिरोले अहिले कर्णाली राजमार्ग अवरुद्ध रहेको र खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  १२ : ४९ बजे

रास्वपाका नेताविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूविरूद्ध

नेपालका लागि फ्रान्सका राजदूत र पोखरा महानगरप्रमुखबीच भेटवार्ता

पोखरा – नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनी कोर्टेभाल र पोखरा

४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गरिँदै

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले शुक्रबार ४० मेगावाट बिजुली बङ्गलादेश

गढीमाई मेलाको तयारी चुस्त बनाइँदै

बारा – महागढीमाई नगरपालिका–१ स्थित रहेको ऐतिहासिक मन्दिर गढीमाईको मेलाको

‘दुग्धपदार्थको आयात खुलाए नेपाली किसान र डेरी उद्योगी एकसाथ डुब्छन्’

काठमाडौं– अहिले नेपाल दूधजन्य पदार्थको उत्पादनमा आत्मनिर्भर बनेको छ ।