आवास निर्माणलाई तीव्र बनाउन राज्यव्यवस्था समितिको सुझाव « Khabarhub

आवास निर्माणलाई तीव्र बनाउन राज्यव्यवस्था समितिको सुझाव


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पपछि सरकारले उद्धार र उपचारमा लिएको अग्रसरताप्रति प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डलाई धन्यवाद दिएको छ । समितिका सभापति रामहरि खतिवडा नेतृत्वको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री दहालसँग भेट गरी भूकम्प प्रभावित क्षेत्रमा राहत र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सुझाव दिएको हो । 

भेटमा समितिका सभापति खतिवडाले भने, ‘हामीले प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवलोकन र अन्तरक्रिया गर्यौ, उद्धार र उपचारमा प्रधानमन्त्री दाहाल स्वयं फिल्डमा पुगेर जसरी नेतृत्व गरे, त्यसको सबैले प्रशंसा गरेका छन् । १३ घण्टाभित्र उद्धारको काम सकिनुमा प्रधानमन्त्रीको सक्रियताले नै काम गरेको हामीले पायौँ । यसका लागि समितिका तर्फबाट सरकारलाई विशेष धन्यवाद छ । अब सरकारले राहत र पुनर्निर्माणमा ध्यान केन्द्रित गर्नुपर्छ ।’

समिति सदस्य एवं नेकपा (एमाले) का सांसद कृष्णगोपाल श्रेष्ठले सरकारको भूमिका र प्रधानमन्त्री दाहालको सक्रियताप्रति आभार प्रकट गरे। उनले भने, ‘प्रधानमन्त्रीले एकाबिहानै प्रभावित क्षेत्र पुगेर जसरी उद्धारको काम गरे, यो निकै प्रेरणादायी छ । देशमा सरकार छ भन्ने कुराको गहिरो गरी अनुभूति गराए । म यसको उच्च प्रशंसा गर्दछु ।’

भेटमा समितिका सदस्यहरूले अस्थायी आवासको काम हिउँदअघि नै सक्न, मृतक परिवारलाई आर्थिक राहत उपलब्ध गराउन, प्रभावित क्षेत्रमा नियमित स्वास्थ्य सेवाको व्यवस्था गर्न विभिन्न सुझाव प्रस्तुत गरेका थिए । समितिको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले सांसदबाट प्राप्त सुझाव राम्रोसँग अध्ययन गरेर कार्यान्वयन गरिने बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ५ : ३६ बजे

दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

काठमाडौं– विश्वका विभिन्न देशमा आज र भोलि दोस्रो विश्वयुद्धका  पीडितको

कालीगण्डकी करिडोर : कैकुखोलामा पक्की पुल निर्माण

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कैकुखोलामा मोटर सञ्चालन गर्न मिल्ने पक्की पुल

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

भरतपुर– सुक्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । 

अवैध रूपमा गोरु ओसारपसारको आरोपमा दुई जना पक्राउ, २० गोरुको उद्धार

कपिलवस्तु – कपिलवस्तु प्रहरीले अवैध रूपमा गोरु ओसारपसार गर्दै गरेको

हर्क साम्पाङ र सुदन किरातीबीच एकताको सहमति, आज औपचारिक घोषणा गरिने

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमन्त्री सुदन