गणतन्त्रका उपलब्धि जोगाउनुपर्नेमा प्रधानमन्त्रीको जोड | Khabarhub Khabarhub

गणतन्त्रका उपलब्धि जोगाउनुपर्नेमा प्रधानमन्त्रीको जोड


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल सम्वत् नै राष्ट्रिय सम्वत् भएकाले सरकारको दस्ताबेजमा लेख्ने बताएका छन् । 

साहित्यकार पद्मरत्न तुलाधरको पाँचौँ स्मृति दिवसलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘अब नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत् भनेर मात्र पुग्दैन, म पहिलोपटक प्रधानमन्त्री हुँदा नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्का रुपमा मान्यता दिएको थिए ।’ पद्मरत्न तुलाधरले नेपाल सम्वत् नै राष्ट्रिय सम्वत् भएको बताएको स्मरण गर्दै उनले त्यसपछि आफूले पहिलोपटक नै प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्बाट  नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्का रुपमा मान्यता दिएको बताए। 

प्रधानमन्त्रीले भने, ‘त्यो घोषणा पनि पद्मरत्नजीसँगै बसेर गरिएको हो, अब नेपाल सम्वत् ११४४ आउँदैछ, मसँग अस्ति केही प्रतिनिधि आउनुभयो र यही नेपाल सम्वत्बारे कुरा हुँदा त्यसलाई राष्ट्रिय सम्वत् भनेर मात्रै भएन, व्यवहारमा कार्यान्वयन गर्नुपर्‍यो, अब राष्ट्रिय सम्वत् नेपाल सरकारको दस्ताबेजमा लेखिन्छ ।’ 

प्रधानमन्त्री दाहालले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त गणतन्त्र र लोकतन्त्रमाथि प्रहार भएको उल्लेख गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रणालीलगायत  उपलब्धिको रक्षा गर्न सबैले आआफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ७ : ०८ बजे

इजरायली आक्रमणमा छ सिरियाली सैनिकको मृत्यु, दमास्कसद्वारा निन्दा

दमास्कस – सिरियाले इजरायली ड्रोन आक्रमणमा छ सैनिकको मृत्यु भएको

जुवातास खेल्ने ९ जना पक्राउ, दुई लाख भन्दा धेरै रकम बरामद

काठमाडौं – प्रहरीले जुवा तास खेल्ने, खेलाउने गरेको अभियोगमा नौ

हराएकी ‘कबड्डी मैया’ ‘रिमै’मा भेटिइन् !

काठमाडौं – ‘जे लेखिएको छ त्यो भएरै छाड्छ’ भन्ने भनाइ

भारतमाथि ५० प्रतिशत अमेरिकी शुल्क लागू : गहना र कपडाको माग ७० प्रतिशत घट्ने डर, हजारौँको रोजगारी संकटमा

नयाँदिल्ली- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ३० जुलाईमा भारतमाथि २५ प्रतिशत