आज कार्तिक २५, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार नोभेम्बर ११, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।
इथियोपियामा ७६ लाख बालबालिका विद्यालय बाहिर : युनिसेफ
इथियोपियामा चरम प्राकृतिक तथा मानव निर्मित विपद्को निरन्तर सामना गर्नुपरेको कारण करिब ७६ लाख बालबालिका विद्यालय बाहिर रहेको संयुक्त राष्ट्रसङ्घीय बाल कोष ९युनिसेफ० ले शुक्रबार जनाएको छ ।
इथियोपियाको आफ्नो पछिल्लो मानवीय अवस्था प्रतिवेदनमा एजेन्सीले पूर्वी अफ्रिकी देशका विभिन्न भागमा जारी द्वन्द्वले बालबालिकाको शिक्षामा पहुँचमा नकारात्मक असर गरिरहेको जनाएको छ। प्रतिवेदनका अनुसार ‘अम्हारादेखि ओरोमियाको बीचमा चलिरहेको द्वन्द्वले विद्यालय छाड्ने बालबालिकाको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।
इथियोपिया कुल ७६ लाख बालबालिका विद्यालय बाहिर रहेको प्रतिवेदनले देखाएको छ । प्रतिवेदनले अम्हारा क्षेत्रमा द्वन्द्व चलिरहेको तनावपूर्ण तथा अस्थिर अवस्था कायम रहेको देखाएको छ । नियमित आवागमनमा प्रतिबन्धहरू कायमै रहेकाले मानवीय सहायताको प्रावधानमा कठिनाइहरू व्याप्त छन् ।
युनिसेफले अम्हारा क्षेत्रीय शिक्षा ब्यूरोलाई उदृत गर्दै द्वन्द्वका कारण समस्याग्रस्त क्षेत्रका विभिन्न स्थानका २८ वटा विद्यालयमा क्षति पुर्याएको जनाएको छ । जसका कारण नयाँ शैक्षिक वर्षको शिक्षा पुनः सञ्चालनमा चुनौती खडा गरेको छ ।
साथै यस क्षेत्रका अन्य भागमा भारी वर्षा, हावाहुरी र बाढीका कारण दुई सय ५४ विद्यालयमा क्षति पुग्दा ९२ हजार ६०० भन्दा बढी बालबालिका प्रभावित भएको जनाइएको छ । कोषको कमीले इथियोपियामा मानवीय प्रतिक्रियामा बाधा पुर्याइरहेको छ ।
युनिसेफका अनुसार यसको ६७४।३ ६७ करोड ४३ लाख अमेरिकी डलर बालबालिकाका लागि मानवीय कार्य (२०२३ इथियोपियाको लागि करिव ७२ प्रतिशत कोषविहीन रहन्छ जुन मानवीय आवश्यकताहरू देशभरका कमजोर जनसङ्ख्याहरू पुग्न कठिन स्थानहरूमा रहेका छन् ।
युनिसेफले इथियोपियामा बालबालिका, किशोरकिशोरी, महिला र पुरुषहरूको मानवीय आवश्यकताहरू पूरा गर्न महत्वपूर्ण कोषको लागि अपिल गरिरहन्छ ।
मध्य कीएभमा दुई शक्तिशाली विस्फोट
मध्य किभमा दुई वटा शक्तिशाली विस्फोटको आवाज सुनिएको कीएभस्थित एएफपीका रिपोर्टरले शनिबार बिहान बताएका छन् ।
‘राजधानीको बायाँ किनारामा शक्तिशाली विस्फोटको आवाज सुनिएको छ । प्रारम्भिक जानकारीअनुसार हवाई प्रतिरक्षाले ब्यालेस्टिक हतियारविरुद्ध काम गरेको छ,’ कीएभका मेयर भिटाली क्लिट्स्कोले टेलिग्राममा लेखेका थिए। अहिलेसम्म कुनै पनि व्यक्ति घाइते भएको खबर प्राप्त नभएको उनले बताए ।
युक्रेनको राजधानीमा लामो समयको शान्तिपछि उक्त आक्रमण भएको हो । गत सेप्टेम्बर २१ मा एयर डिफेन्सले कीएभमा क्षेप्यास्त्र खसालेको थियो । पहिरोमा परी एक बालकसहित सात जना घाइते भएका छन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी आक्रमणले निम्त्याएको युद्धपछिको दोस्रो हिउँदे चिसो समयमा सम्भावित थप आक्रमणलाई जोगाउँदै नागरिकहरूलाई न्यानो राख्ने प्रयासस्वरूप युक्रेनले ऊर्जा केन्द्रहरूमा थप पश्चिमी हवाई प्रतिरक्षा प्रणालीहरू तैनाथ गरेको बताएका छन् ।
गत वर्ष मस्कोको सेनाले युक्रेनको ऊर्जा ग्रिडलाई लक्षित गरी गरेको योजनाबद्ध आक्रमणका कारण लामो समयसम्म चिसो तापक्रममा हजारौं नागरिकसम्म यथेष्ठ विद्युतीय सेवा नपुग्दा बिजुलीबिहिन बन्नुपरेको थियो ।
इजरायल र हमासबीच गाजामा बन्धक बनाइएका नागरिकलाई रिहा गर्न वार्ता
इजरायल र हमासले हाल बन्धक मुक्त गर्ने दुई थरी प्रस्तावमा छलफल गरिरहेका द न्युयोर्क टाइम्सले जनाएको छ । उनीहरूबीच थोरै सङ्ख्यामा मानिसहरूलाई रिहा गर्ने र अर्कोमा गाजामा रहेका १०० वा सोभन्दा बढी नागरिकहरूको रिहाईको लागि छलफल भइरहेको छ ।
इजरायली अधिकारीहरूका अनुसार गाजामा कट्टरपन्थी इस्लामिक समूह ९हमास० सँग २४० भन्दा बढी इजरायली बन्धकहरू रहेका छन् र तीमध्ये झण्डै ५० प्रतिशत नागरिकहरू छन् र वार्तामा ती सबै नागरिकहरूको रिहाई समावेश हुनेछ ।
पहिलो प्रस्तावअनुसार हमासले इजरायली महिला र बालबालिकाका साथै अमेरिकीलगायत विदेशीसहित १० देखि २० जना नागरिक बन्धकलाई रिहा गर्नुपर्ने छ र त्यसको बदलामा इजरायलले प्यालेष्टिनी क्षेत्रमा गरिरहेको आक्रमणलाई अस्थायी रूपमा रोक्नुपर्ने प्रस्ताव गरिएको छ ।
पहिलो प्रस्तावमा सहमति भए लगभग १०० भन्दा बढी नागरिकहरूको रिहाई हुनेछ । यद्यपि हमासले गाजामा रहेका कुनै पनि सैनिक उमेरका इजरायली सैनिकलाई रिहा गर्न अस्वीकार गरेको इजरायली अधिकारीहरूले बताएका छन् ।
यसका अतिरिक्त, सबै नागरिकहरूको रिहाईको बदलामा, हमासले थप मानवीय सहायता, अस्पतालका लागि इन्धन र इजरायली जेलहरूमा रहेका प्यालेष्टिनी महिला र बच्चाहरूको रिहाईको साथ केही समयको लागि विरामको माग गरिरहेको इजरायली श्रोतले नाम उल्लेख नगर्ने शर्तमा बताए ।
यद्यपि इजरायली अधिकारीहरूले आफ्ना कैदीहरूलाई रिहा गर्ने बारे अनिश्चितता व्यक्त गरेको द न्युयोर्क टाइम्सले जनाएको छ । हमासको राजनीतिक कार्यालय रहेको कतारले वरिष्ठ अमेरिकी अधिकारीहरूसँग यी वार्ताहरूमा मुख्य मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ ।
यसबाहेक, अमेरिकी अधिकारीहरूले इजरायलले गाजामा बन्धकहरूको रिहाईको लागि आफ्नो आक्रमण रोक्न प्रस्ताव गरेको प्रस्तावलाई समर्थन गरेका छन् र यसले मानवीय सहायतालाई गाजामा प्रवेश गर्न र बन्धकहरूलाई उनीहरूको कब्जापछि छोड्न अनुमति दिनेछ ।
यसअघि शुक्रबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भनेका थिए, ‘हामी आफ्ना बन्धकहरूलाई घर फर्काउने काममा निरन्तर ध्यान केन्द्रित गर्नेछौ । द न्युयोर्क टाइम्सका अनुसार इजरायली प्रधानमन्त्रीको कार्यालयले यस विषयमा तत्कालका लागि टिप्पणी गर्न अस्वीकार गरेको छ ।
हमासले कतारी वार्ताकारहरूलाई भनेको छ कि उनीहरूसँग २० वा कम नागरिकहरू छन्, र बाँकी गाजामा अन्य समूहहरूले कब्जा गरिरहेका छन् र उनीहरू हमास कमान्ड संरचनाको हिस्सा छैनन् । यो मुद्दालाई जटिल बनाउन सक्ने कुरा बनेको छ ।
तर न्युयोर्क टाइम्सका अनुसार वार्तामा सहभागी सरकारहरूले स्वतन्त्र रूपमा यो दाबीको पुष्टि गरेका छैनन् । पछिल्ला हप्ताहरूमा हमासका केही अधिकारीहरूले हमास समूहले अक्टोबर ७ मा इजरायलको सैन्य चौकीहरूमा मात्र आक्रमण गरेको र सशस्त्र व्यक्तिहरूले १० भन्दा बढी इजरायलीहरूको हत्या गरेको र गाजामा लगभग २४० जनालाई बन्धक बनाएको तर्क गरेका छन् ।
भिडियो र अन्य प्रमाणका अनुसार हमासले सर्वसाधारणलाई उनीहरूकै घरमा आक्रमण गरेको द न्युयोर्क टाइम्सले जनाएको छ । यसबाहेक, हमासका अधिकारीहरूले वार्ताकारहरूसँग बताए अनुसार १३० देखि १४० इजरायली लगभग सबै इजरायली सैन्य कर्मीहरू रहेको बताएको छ ।
उनीहरूलाई चाँडै रिहा गर्ने उनीहरूको कुनै सम्भावना छैन । यद्यपि, इजरायली अधिकारीहरूले सैन्य वा नागरिक बन्धकहरूको छुट्टाछुट्टै तथ्याङ्क सार्वजनिक गरेको छैन । इजरायली र अमेरिकी अधिकारीहरू गाजामा धेरै नागरिकहरूलाई नराखेको हमासको दाबीप्रति सशङ्कित बनेका छन् ।
पाकिस्तानबाट निर्वासित अफगान शरणार्थीद्वारा परिवारका थप सदस्य स्वदेश आउन नसकेको दाबी
पाकिस्तानबाट निर्वासित गरिएका सात हजार भन्दाबढी अफगानी शरणार्थीले आफ्ना परिवारका सदस्य विदेशमा नै रहेको बताएको टोलो न्युजले रिपोर्ट गरेको छ । टोलो न्युज काबुलबाट प्रसारण हुने अफगानी समाचार संस्था हो ।
महिला तथा बालबालिकासहित निर्वासित शरणार्थीहरूले अझै पनि पाकिस्तानमा आफ्ना परिवारको अवस्थाको बारेमा कुनै पनि जानकारी नभएको टोलो न्युजलाई बताएका हुन् । निर्वासित शरणार्थीमध्येका एक जना नुर मोहम्मदले भने, कुरान कण्ठ गर्ने मेरा छोराहरू बाहिर जाँदै गर्दा धार्मिक विद्यालयका विद्यार्थीहरूलाई सीमामा ल्याएर निष्कासन गरे ।
उनीहरू घर आई हाम्रो सामानहरू लिएर गाडीमा फ्याँक्दै थिए, जुन क्रूरताको सुरुवात थियो, र हामी एकान्त गल्लीमा एक्लै बस्न सक्दैनौं,’ टोलो न्यूजका अनुसार अर्का शरणार्थी अब्दुल्लाले भने। पाकिस्तानबाट अफगानी शरणार्थीहरूलाई जबरजस्ती देश निकाला गर्न थालेपछि स्पिन बोल्दाक नाकाबाट पचास हजारभन्दा बढी अफगानीहरू स्वदेश फर्किएका छन् ।
पाकिस्तानबाट फर्किएका शरणार्थीहरूको मामिलालाई व्यवस्थित गर्ने समितिका प्रमुख अगाजान सालेमले भने, ‘यो समिति यहाँ गठन भएको हो, यससँगै शरणार्थीहरुलाई सबै प्रकारको सहयोग उपलब्ध गराउँछौँ र उनीहरूलाई आवतजावतको व्यवस्था मिलाउँछौँ ।’
कान्दाहारको स्पिन बोल्दाक जिल्लामा फर्किएका आप्रवासीहरूको स्वागत केन्द्रको जानकारीअनुसार, पाकिस्तानी सेनाको दबाब र दुब्र्यवहारका कारण निर्वासित धेरै शरणार्थी मानसिक रोगबाट ग्रस्त छन् ।
प्रतिक्रिया