नक्कली नोटसहित तीनजना पक्राउ « Khabarhub

नक्कली नोटसहित तीनजना पक्राउ


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नक्कली नोटसहित काठमाडौँबाट एक र पर्साबाट दुई गरी तीन जना आज पक्राउ परेका छन् ।

उनीहरूमध्ये काठमाडौँ महानगरपालिका–९ पिङगलास्थानबाट एक हजार दरका चार थान नक्कलीजस्तो देखिने नोटसहित काठमाडौँ महानगरपालिका जडीबुटी बस्ने धनुषा घर भएका १८ वर्षीय किशोरलाई आज साँझ प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरले नक्कली नोट बोकी हिँडेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी पर्सा वीरगञ्ज महानगरपालिका–८ घण्टाघरबाट एक हजार दरका ३८ थान नक्कलीजस्तो देखिने नोटसहित दुई जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका–३ बस्ने २५ वर्षीय उमेशकुमार पटेल र वीरगञ्ज महानगरपालिका–३१ कोनिया बस्ने २३ वर्षीय ऋषि पटेल रहेका छन् ।

घण्टाघरस्थित सिटी मार्केटको कपडा पसलमा कपडा किन्दा उमेशले नक्कली रुपैयाँ दिएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । उनीहरूले प्रयोग गरेको प्र२–०३–००१प ८९० नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ८ : ४७ बजे

बागलुङमा भिरबाट लडेर सात वर्षीया बालिकाको मृत्यु

बागलुङ – भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ ।

हर्क साम्पाङको फेसबुक पेज ६ दिनपछि पुनः सक्रिय

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको फेसबुक पेज

रुपन्देहीको सीमावर्ती क्षेत्रबाट साठी क्विन्टल मकैसहित चालक पक्राउ

रुपन्देही – रुपन्देहीको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ निकासी गर्न

जातीय विभेद गर्ने वडाध्यक्ष अधिकारीको सजाय उच्च अदालतबाट पनि सदर

काठमाडौं – जातीय विभेदको आरोपमा पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर

आइतबारदेखि अतिक्रमित सुकुम्बासी बस्ती हटाउन सुरक्षा प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमित सुकुम्बासी बस्तीहरू खाली गराउने