ताइवानसँग सम्बन्ध विस्तार नगर्न बेलायतलाई चीनको चेतावनी « Khabarhub

ताइवानसँग सम्बन्ध विस्तार नगर्न बेलायतलाई चीनको चेतावनी


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

लण्डन- चीनले बेलायतलाई ताइवानसँग सम्बन्ध विस्तार नगर्न चेतावनी दिएको छ । लण्डनस्थित चिनियाँ दूतावासले विज्ञप्ति जारी गर्दै ताइवानसँग सम्बन्ध विस्तार नगर्न बेलायतलाई चेतावनी दिएको हो ।

बेलायत र ताइवानबीच विस्तृत व्यापारिक साझेदारीमा हस्ताक्षर गरेपछि चीनले यस्तो चेतावनी जारी गरेको हो । त्यसैगरी हालै बेलायती व्यापारमन्त्री नाइजल हडलस्टनसन र ताइवानी उपअर्थमन्त्री चेन चेर्न–चीबीच लण्डनमा वार्तासमेत भएको थियो ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार लण्डनस्थित चिनियाँ दूतावासले चीनसँग कूटनीतिक सम्बन्ध कायम भएका मुलुकलाई ‘चीनको ताइवान क्षेत्र’ सँग कुनै प्रकारको औपचारिक सम्पर्क स्थापना नगर्न आग्रह गरेको छ । दूतावासले भनेको छ– ‘हामी संयुक्त अधिराज्यलाई एक चीन नीतिमा कायम रहन र व्यापारिक साझेदारीका नाममा ताइवानसँग औपचारिक सम्बन्ध कायम नगर्न आग्रह गर्दछौँ ।’

ताइवान र बेलायतबीच कार्यगत स्तरमा सम्बन्ध रहेपनि औपचारिक रुपमा बेलायतले ताइवानलाई आधारिक रुपमा मान्यता दिएको छैन ।

गत वर्ष बेलायतले ताइवानलाई उल्लेखनीय स्तरमा पनडुब्बीका पार्टपुर्जा तथा प्रविधिको व्यापक निर्यातलाई स्वीकृति दिएको थियो । रोयटर्सले जनाएअनुसार पछिल्लो समय ताइवानले नौसैनिक शक्तिलाई विस्तार गर्नका लागि पनडुब्बीको विकासमा ध्यान केन्द्रित गरिरहेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ९ : ०८ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।