रुकुम पश्चिमका भूकम्पपीडितलाई सहयोग « Khabarhub

रुकुम पश्चिमका भूकम्पपीडितलाई सहयोग


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

रुकुम पश्चिम – रुकुम पश्चिमका भूकम्पपीडितका लागि एकै दिनमा दुई हजार छ सय ३२ थान त्रिपाल प्राप्त भएका छन् । जिल्लाको चौरजहारी र मुसीकोट नगरपालिकाको सल्ले विमानस्थलमा ती त्रिपाल प्राप्त भएका हुन् । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको सक्रियतामा त्रिपाल ल्याइएको हो ।

मन्त्री खड्काको अगुवाइमा थप चार सय ४० थान त्रिपाल जिल्ला भित्रिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए ।

जिल्लामा एक चरणको त्रिपाललगायत खाद्यान्न सामग्री पुगिसकिएकाले अब भूकम्पपीडितका लागि अस्थायी संरचना बनाउनतर्फ ध्यान दिन जिल्ला विपद् व्यस्थापन समितिलाई मन्त्री खड्काले आग्रह गरेका छन्। पूर्ण क्षति भएका र आंशिक क्षति भएका घरपरिवारलाई एकै चरणमा रकम उपलब्ध गराएर शीघ्र पुनःस्थापनामा लाग्नुपर्नेमा उनले जोड दिएका छन् ।

आज चौरजहारी नगरपलिका, सानीभेरी गाउँपालिका, मुसीकोट नगरपालिकामा पाँच–पाँच सय, बाँफीकोट गाउँपालिकामा दुई सय ९२ र त्रिवेणी गाउँपालिकामा चार सय त्रिपाल पठाइएको छ । बाँकी त्रिपाल प्रभावित क्षेत्रमा भोलि पठाइने प्रमुख जिल्ला अधिकारीले राससलाई जानकारी दिए ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  १० : २५ बजे

कोरला सडकको निरीक्षणमा पूर्वाधारमन्त्री, पाँच पुल निर्माण प्रक्रिया अघि बढाउन निर्देशन

मुस्ताङ- गण्डकी प्रदेशका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको

कांग्रेसमा बढ्यो आन्तरिक राजनीतिक भेटघाट

काठमाडौं- नेपाली कांग्रेसभित्र पछिल्लाे समय शीर्ष नेताहरूबीच आन्तरिक राजनीतिक भेटघाट र छलफल तीव्र

तेहरानमा अली खामेनेईलाई अन्तिम श्रद्धाञ्जली दिन लाखौँको भीड

तेहरान- इरानका सर्वोच्च नेता अली खामेनीको अन्तिम श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुन राजधानी तेहरानमा

सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार

काठमाडौं– सुशासन, पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी

अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी

एजेन्सी– संयुक्त राज्य अमेरिकाको २५०औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा राष्ट्रपति डोनाल्ड ट्रम्पले