रियल मड्रिडको पोस्टमा एट्लेटिकोले हान्यो ७गोलको वर्षा « Khabarhub

रियल मड्रिडको पोस्टमा एट्लेटिकोले हान्यो ७गोलको वर्षा


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्टरनेसनल च्याम्पियन्स कपमा रियल मड्रिडले लज्जास्पद हार ब्यहोरेको छ । शनिबार बिहान भएको मड्रिड डर्बीमा एट्लेटिको मड्रिडले रियल मड्रिडलाई ७–३ गोल अन्तरले हराएको हो ।

पहिलो हाफमै ५–० को अग्रता लिएको एट्लेटिको प्रि–सिजनको खेलमै रियललाई सजक गराएको छ । नयाँ खेलाडी अनुबन्धनमा ठुलो धनराशी खर्च गरेको रियलले लगातार खराब नतिजा ब्यहोर्दै आएको छ ।

एट्लेटिकोको जितमा डिएगो कोस्टाले नायक रहे । उनले एक्लै चार गोल गरे । खेलको पहिलो मिनेटमै कोस्टाको गोलबाट एट्लेटिकोले अग्रता लियो । आठौं मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै एट्लेटिकोको अग्रता दोब्बर बनाए । उनी यसै सिजन कीर्तिमानी मुल्यमा एट्लेटिको आएका थिए ।

१९ औ मिनेटमा एन्जेल कोरियाले एट्लेटिकोलाई ३–० को स्थितीमा पुर्याएका थिए । २८ औ मिनेटमा कोस्टाले ब्यक्तिगत दोस्रो गोल गरे । पहिलो हाफको अन्तिम मिनेटमा कोस्टाले ह्याट्रिक पुरा गर्दै एट्लेटिकोलाई ५–० को अग्रता दिलाएका थिए ।

५१ औ मिनेटमा कोस्टाले ब्यक्तिगत चौथो गोल गर्दै एट्लेटिकोलाई ६–० को स्थितीमा लगे । ५९ औ मिनेटमा रियलका नाचो फर्नान्डेजले गोल गर्दै गोल अन्तर घटाउने काम गरे ।

६४ औ मिनेटमा दुवै टिम १० खेलाडीमा सिमित बने । रियलका ड्यानियल कार्भाजल र कोस्टा रातो कार्ड खादै मैदान बाहिरिएका थिए । ७० औ मिनेटमा भिटोलोले गोल गर्दै रियललाई ७–१ को अग्रता दिलाए ।

८५ औ मिनेटमा पेनाल्टीमा करिम बेन्जिमा र ८९ औ मिनेटमा जाभियर हर्नान्डेजले गोल गर्दै रियलको हार अन्तर घटाउने काम गरेका थिए ।

प्रि–सिजन टूरमा रहेका दुवै टिम इन्टरनेसनल कप खेलिरहेका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  ९ : ०७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै