रियल मड्रिडको पोस्टमा एट्लेटिकोले हान्यो ७गोलको वर्षा « Khabarhub

रियल मड्रिडको पोस्टमा एट्लेटिकोले हान्यो ७गोलको वर्षा


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्टरनेसनल च्याम्पियन्स कपमा रियल मड्रिडले लज्जास्पद हार ब्यहोरेको छ । शनिबार बिहान भएको मड्रिड डर्बीमा एट्लेटिको मड्रिडले रियल मड्रिडलाई ७–३ गोल अन्तरले हराएको हो ।

पहिलो हाफमै ५–० को अग्रता लिएको एट्लेटिको प्रि–सिजनको खेलमै रियललाई सजक गराएको छ । नयाँ खेलाडी अनुबन्धनमा ठुलो धनराशी खर्च गरेको रियलले लगातार खराब नतिजा ब्यहोर्दै आएको छ ।

एट्लेटिकोको जितमा डिएगो कोस्टाले नायक रहे । उनले एक्लै चार गोल गरे । खेलको पहिलो मिनेटमै कोस्टाको गोलबाट एट्लेटिकोले अग्रता लियो । आठौं मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै एट्लेटिकोको अग्रता दोब्बर बनाए । उनी यसै सिजन कीर्तिमानी मुल्यमा एट्लेटिको आएका थिए ।

१९ औ मिनेटमा एन्जेल कोरियाले एट्लेटिकोलाई ३–० को स्थितीमा पुर्याएका थिए । २८ औ मिनेटमा कोस्टाले ब्यक्तिगत दोस्रो गोल गरे । पहिलो हाफको अन्तिम मिनेटमा कोस्टाले ह्याट्रिक पुरा गर्दै एट्लेटिकोलाई ५–० को अग्रता दिलाएका थिए ।

५१ औ मिनेटमा कोस्टाले ब्यक्तिगत चौथो गोल गर्दै एट्लेटिकोलाई ६–० को स्थितीमा लगे । ५९ औ मिनेटमा रियलका नाचो फर्नान्डेजले गोल गर्दै गोल अन्तर घटाउने काम गरे ।

६४ औ मिनेटमा दुवै टिम १० खेलाडीमा सिमित बने । रियलका ड्यानियल कार्भाजल र कोस्टा रातो कार्ड खादै मैदान बाहिरिएका थिए । ७० औ मिनेटमा भिटोलोले गोल गर्दै रियललाई ७–१ को अग्रता दिलाए ।

८५ औ मिनेटमा पेनाल्टीमा करिम बेन्जिमा र ८९ औ मिनेटमा जाभियर हर्नान्डेजले गोल गर्दै रियलको हार अन्तर घटाउने काम गरेका थिए ।

प्रि–सिजन टूरमा रहेका दुवै टिम इन्टरनेसनल कप खेलिरहेका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  ९ : ०७ बजे

टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं – जिल्ला अदालत ललितपुरले टिकटकर तुलसा भन्ने तुल्सी अधिकारीलाई

करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु

झापा – झापाको अर्जुनधारामा आज दिउँसो एक जनाको माछा मार्ने

तातो लहरसम्बन्धी विशेष बुलेटिन : १४ जिल्लामा सतर्क रहन आग्रह

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले तातो दिन वा

वासिङ्टन सम्झौता अन्तिम मौका : लेबनानी राष्ट्रपति

बेरुत, लेबनान – वाशिङ्गटनमा इजरायलसँगको वार्तापछि घोषणा गरिएको युद्धविराम कार्यान्वयन

चोरीका १५ थान मोटरसाइकल बरामद

सुदूरपश्चिम – कैलालीको भजनी र लम्कीचुहा क्षेत्रबाट प्रहरी टोलीले आज