नेपाली संस्कार, संस्कृति र पर्वहरू एकताका आधार हुन् : प्रधानमन्त्री « Khabarhub

नेपाली संस्कार, संस्कृति र पर्वहरू एकताका आधार हुन् : प्रधानमन्त्री


२७ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा परिवर्तित राजनीतिक व्यवस्थाको रक्षा एवं सुदृढीकरण गर्दै समाजवादको वैचारिक, राजनीतिक, आर्थिक एवं सांस्कृतिक आधार तयार पार्न तिहारलगायतका पर्वहरूको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।

शुभ दीपावलीको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा तिहारको शुभकामना व्यक्त गर्दै उनले दीपावलीले आपसी सद्भाव, सहिष्णुता र सुदृढ राष्ट्रिय एकताका लागि सबैलाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषता एवं अथाह प्राकृतिक सम्पदा र सभ्यताको संगमस्थलका रुपमा रहिआएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले नेपाली संस्कार, संस्कृति र पर्वहरुले देश र जनतालाई सांस्कृतिक र भावनात्मक रूपले एकताको सूत्रमा बाँध्ने आधार भएको बताए ।

उनले तिहार लगायतका पर्वहरू विश्व समुदायमा नेपालको विशिष्ट पहिचान झल्काउने महत्वपूर्ण सन्दर्भसमेत रहेको सन्देशमा उल्लेख गरेका छन् ।

उनले नेपालका विविध जाति, जनजाति र समुदायले मनाउने राष्ट्रिय पर्वहरू प्राकृतिक सम्पदा र ऐतिहासिकतामा आधारित रहँदै आएको समेत जनाएका छन् ।

 

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  १० : ३१ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच