सामाजिक सञ्जाललाई नियमन गर्ने हो, बन्द गर्ने होइन : रवि लामिछाने « Khabarhub

सामाजिक सञ्जाललाई नियमन गर्ने हो, बन्द गर्ने होइन : रवि लामिछाने


२७ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सामाजिक सञ्जालको प्रयोगमा रोक लगाउन नहुनेमा जोड दिएका छन् । 

टिकटकको प्रयोगमा प्रतिबन्ध लगाउने सरकारको निर्णयपछि सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै लामिछानेले सामाजिक सञ्जाललाई बन्द नगरेर नियमन गर्नुपर्ने बताएका हुन् ।

उनले अराजकता अभिव्यक्तिमा हुन सक्ने र माध्यमको दोष नरहेको बताए।

उनले लेखेका छन्, ‘सामाजिक सञ्जाललाई नियमन गर्ने हो, बन्द गर्ने होइन। समस्या कन्टेन्टको हो, प्लेटफर्मको होइन। अराजकता अभिव्यक्तिमा होला, माध्यमको के दोष ? टिकटकका कयौं युजर र कन्टेन्ट खराब छन् तर सबै युजर र कन्टेन्ट खराब छैनन्। प्राविधिक रुपमा खराब लाई कन्ट्रोल गर्न सकिन्छ। टिकटकमा हालेको भिडियो रिलमा हाल्न मिल्छ, इन्स्टामा हाल्न मिल्छ, फेसबुकमा हाल्न मिल्छ। के सबै प्लेटफर्म बन्द गर्दै जाने हो त ? यो निर्णय गर्ने  सत्ताधारी दलकै कयौं नेताहरू भ्रष्ट होलान् । के अब पार्टी नै बन्द गरिदिने हो त? मूलधारले ढोका बन्द गरेका कयौं प्रतिभाहरू सामाजिक संजालबाट उदाए, मुलधारले लुकाएका कयौं समाचार सामाजिक संजालले उजागर गरे, सामाजिक सञ्जालले फैलाएका कयौँ अफवाहलाई मूलधारले फेक प्रमाणीकरण गरे। आजको युगमा सोसियल मिडियाको  विकल्प सुधारिएको (Better, Improved and Disciplined ) सोसियल मिडिया हो। सत्ताधारी दल कै जिम्मेवार पदाधिकारीहरूको विरोधको अर्थ चाहिँ बुझिएन। के यो निर्णय माओवादी केन्द्रको मात्रै हो ?

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ६ : १३ बजे

बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कुट्नेविरुद्ध अभद्र व्यवहारको मुद्दा

काठमाडौँ – काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार

प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको

आज इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

काठमाडौँ – इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल)

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ १० गते बुधबार सन् २०२६