स्वास्थ्यमन्त्रीद्वारा बर्न अस्पतालका घाइतेसँग भेट « Khabarhub

स्वास्थ्यमन्त्रीद्वारा बर्न अस्पतालका घाइतेसँग भेट


३० कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कीर्तिपुर बर्न अस्पतालमा उपचार गराइरहेका मोरङको उर्लाबारीका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

मोरङको उर्लाबारीमा यही कात्तिक २६ गते भएको आगलागीमा घाइते भएकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यमन्त्रीले उपचार खर्च तिर्न नसक्नेहरुको उपचार खर्च राज्यले बेहोर्ने आश्वासन दिए । पैसाको अभावमा कसैको पनि उपचार नरोकिने बताउँदै उनले जलेका बिरामीहरुका लागि कीर्तिपुर बर्न अस्पतालले उत्कृष्ट काम गरिरहेकाले मन्त्रालयले अस्पतालको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

कीर्तिपुर बर्न अस्पतालका मेडिकल डाइरेक्टर डा शङ्करमान राईले उर्लाबारी घटनाकासमेत गरी अहिले अस्पतालमा ४४ जना जलेका बिरामीको उपचार भइरहेको जानकारी दिए । उनले उर्लाबारी घटनाका पीडित २५ जना घाइतेमध्ये पाँच जनाको शुक्रबार शल्यक्रिया गर्ने तयारी भइरहेको जानकारी पनि दिए । घाइतेमध्ये नौ जनाको अवस्था गम्भीर भएकाले सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहीबार  ८ : ३५ बजे

देशभर मनसुनी वायुको प्रभाव, यी भूभागमा भारी वर्षाको सम्भावन

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्याक्टर र अटो ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा

ट्रम्पले गरे इरानमाथि कडा आर्थिक प्रतिबन्धको घोषणा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध हालसम्मकै कडा ‘आर्थिक

च्याम्पियन्स लिग छनोट: डुरानको दुई गोलमा सेल्टिकको सानदार जित

काठमाडौँ – क्यामिलो डुरानको दुई उत्कृष्ट गोलको मद्दतले सेल्टिकले युरोपेली

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु

नेपालगञ्ज – लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही