इजरायली सेनाद्वारा गाजामा रातभरी बमबारी, २८ जनाको मृत्यु | Khabarhub Khabarhub

इजरायली सेनाद्वारा गाजामा रातभरी बमबारी, २८ जनाको मृत्यु


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

गाजापट्टी– इजरायलले गाजामा रातभर बमबारी गरेको छ । बमबारीका क्रममा २८ जना प्यालेस्टाइनी मारिएका छन् ।

जसअनुसार उत्तरी गाजामा रहेको जबलिया शरणार्थी शिविरको आवासीय क्षेत्रमा रहेको आवासीय भवनलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा कम्तीमा ११ जना मारिएका छन् ।

यस्तै, खान युनिसको पूर्वमा रहेको अल कारारामा रहेको एउटा घरमा भएको हवाई आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई बालबालिका समेत रहेका छन् ।

यसैगरी, रफाहको पूर्वमा भएको बम विष्फोटमा कुखुरा फार्ममा रहेका कम्तीमा सात प्यालेस्टाइनीको मृत्यु भएकाे छ । गाजाको धेरै भागमा सञ्चार ब्ल्याकआउट भएको छ ।

गाजा सहरमा शवहरू भुइँमा नै अलपत्र अवस्थामा छन्, स्थानीय बासिन्दाहरू अहिले ध्वस्त शहरमा इजरायली सेनाले गोली हान्ने डरले तिनीहरूलाई संकलन गर्न असमर्थ छन्।

हवाई आक्रमणले दक्षिणी गाजामा बेकरी र गहुँ मिलहरूमा असर पारेको छ । एउटा कम्पनी भने अझै पनि एन्क्लेभमा पीठो उत्पादन गर्न सक्षम छ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ९ : ३१ बजे

अन्तर्राष्ट्रिय सम्बन्ध र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको विभिन्न दुईवटा संसदीय समितिको बैठक

केही भूभागमा धेरै ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सप्तकोशी नदीमा पानीको बहाव एक लाख ७९ हजार क्युसेक

सुनसरी – पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाले

प्रतिनिधिसभा बैठक बस्दै, वैकल्पिक वित्त परिचालन विधेयक पारित गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठम आज पनि बस्दैछ ।

गाजाका युद्ध रोक्न इजरायलका पूर्व अधिकारीले लेखे ट्रम्पलाई पत्र

इजरायल – गुप्तचर निकायका पूर्वप्रमुखसहित गाजामा छ सय जना अवकाश