झोलुङ्गे पुलका सामान चोरी « Khabarhub

झोलुङ्गे पुलका सामान चोरी


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीस्थित वनहरा नदीले भत्काएको झोलुङ्गे पुलका सामान चोरी हुन थालेका छन् ।

पुलका डेग, तारजाली, नटबोल्ट, लठ्ठालगायतका सामानको संरक्षण हुन नसक्दा चोरी हुन थालेका हुन् । पुलका सामान चोरी हुनबाट जोगाउनका लागि कुनै पनि निकायले अहिलेसम्म चासो देखाएका छैनन् ।

गत वर्षको भदौमा नदीमा आएको बाढीले तीन करोडको लागतमा बनेको झोलुङ्गे पुलको दक्षिणतर्फको पिलर भत्काउँदा पुल नदीमा खसेको थियो । नदीमा खसेको पुलको आधा सामान खोलेर वडा कार्यालयमा राखिएको छ ।

पुलको आधा सामान नदीमै खसेको अवस्थामा रहेको छ । खसेको पुलका सामान नदीमै अलपत्र अवस्थामा रहँदा चोरी हुने क्रम बढेको स्थानीय बासिन्दा मङ्गलप्रसाद चौधरीले बताए ।

‘दिउँसै पुलका नटबोल्ट खोलेर चोरेर लैजान थालेका छन्, लठ्ठा फलामे आरीले काटेर लगेका छन्’, उनले भने, ‘सामान चोरी हुनबाट जोगाउनका लागि कुनै पनि निकायको ध्यान पुग्न सकेको छैन ।’

वडाध्यक्ष नवलसिंह रानाले नदीमा खसेको पुलका सामान जोगाउनका लागि खोलेर सुरक्षित ठाउँमा राख्नुको विकल्प नभएको बताए ।

उनकाअनुसार पुलको आधाभन्दा बढी भाग नदीमै खसेको अवस्थामा छ । पुलका सामान खोल्न तीन लाख रकम लाग्ने रानाले बताए ।

पुल निर्माण भएको एक वर्ष नपुग्दै बाढीले भत्काएपछि स्थानीय बासिन्दा नदीमा अस्थायी काठेपुल निर्माण गरी ओहरदोहर गर्दै आएका छन् । अस्थायी काठेपुल तरेबापत स्थानीयले स्थानीय विपद् समितिलाई शुल्कसमेत बुझाउने गरेका छन् ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ११ : २३ बजे

ओमनविरुद्ध नेपालको सहज जित

काठमाडौँ- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

‘प्रधानमन्त्रीको भारत भ्रमणमा दोहोरो करबारे छलफल हुनुपर्छ’

नेपाल र भारतको विषयमा विमर्श गर्दा भारत नेपालको सबैभन्दा ठूलो

यात्रुलाई अस्वस्थ खाना खुवाए राजमार्गका होटल र चालकमाथि कारवाही हुने

काठमाडौं– सार्वजनिक यात्रुवाहक सवारी साधनमा यात्रा गर्ने यात्रीहरूलाई बाटोमा अस्वस्थ,

पत्रकार थामीको परिवारलाई आर्थिक सहयोग

काठमाडौँ– भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको परिवारलाई

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी