खबरहबको प्रधान सम्पादकमा अरुण बराल नियुक्त « Khabarhub

खबरहबको प्रधान सम्पादकमा अरुण बराल नियुक्त


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पेभिलियन मिडिया प्रा.लिद्वारा सञ्चालित खबरहब डटकमको प्रधान सम्पादकमा पत्रकार अरुण बराल नियुक्त भएका छन्।

पेभिलियन मिडिया व्यवस्थापनले बराललाई मंसिर १ गतेदेखि प्रधान सम्पादकमा नियुक्ति गरेको हो। खबरहबको प्रधान कार्यालय दरबारमार्गमा आयोजित स्वागत कार्यक्रममा बराललाई खबरहबका अध्यक्ष नरेश श्रेष्ठले स्वागत गरे।

सम्पादक बराललाई स्वागत गर्दै खबरहबका अध्यक्ष श्रेष्ठले बरालको नेतृत्वमा खबरहब थप उचाइमा जाने विश्वास व्यक्त गरे। अध्यक्ष श्रेष्ठले पेभिलियन मिडियाले अहिलेको संकटलाई अवसरका रुपमा परिणत गर्न खोजेको भन्दै थप विविधीकरण गर्दै अन्य मिडियाहरू पनि थप्दै लैजाने जानकारी दिए।

यसअघि कान्तिपुर टेलिभिजनका डेपुटी एडिटर रहेका नवनियुक्त प्रधान सम्पादक बरालले यसअघि अनलाइनखबर, रातोपाटी र र नेपालखबरमा सम्पादकका रुपमा काम गरेका थिए।  उनीसँग नयाँ पत्रिका दैनिक र जनआस्था साप्ताहिकमा पनि सम्पादकीय टिममा रहेर काम गरेको अनुभव छ । उनले धरानस्थित ब्लास्ट टाइम्स राष्ट्रिय दैनिकबाट पत्रकारिता थालेका हुन्।

यसैबीच खबरहबको सम्पादकमा पत्रकार संकेत कोइराला नियुक्त भएका छन्। झण्डै तीन दशकदेखि पत्रकारितामा सक्रिय कोइरालासँग इमेज टेलिभिजन, सगरमाथा टेलिभिजन, हिमालय टेलिभिजन र विमोचनमा सम्पादकका रुपमा काम गरिसकेको अनुभव छ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  १ : २२ बजे

फिफा विश्वकप प्रसारण गर्नसक्ने यी प्राइभेट वेबसाइट र एप बन्द गर्‍यो सरकारले

काठमाडौं– सरकारले फिफा वर्ल्डकपको वेब र मोबाइल एपबाट प्रसारण गर्नसक्ने प्राइभेट

अत्यधिक गर्मी र लु को जोखिम बढ्दो : सतर्क रहन स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौं– पछिल्लो समय देशका विभिन्न भागमा गर्मी लगातार बढिरहेको छ

के हो सामाजिक सञ्जालमा भाइरल ३७० को चिकेन बिरयानी कन्ट्रोभर्सी ?

काठमाडौं- भारतमा एक जना युवकले स्ट्याण्ड-अप कमेडी शोमा आफ्नो पहिलो

विभिन्न ३ प्रकारका औषधीको आयात तथा बिक्रीमा कडाइ, विभागद्वारा नयाँ व्यवस्था लागू

काठमाडौं– औषधि व्यवस्था विभागले प्रेगाबालिन डाइसाइक्लोमिन र प्रोमेथाजिन समूहका औषधिको दुरुपयोग

उपराष्ट्रपति यादव र कोशी प्रदेश प्रमुख खापुङबीच भेट

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आज