अधिकार खोस्ने षड्यन्त्र भइरहेको छ, सबै दल एकजुट होऔँ : प्रधानमन्त्री  « Khabarhub

अधिकार खोस्ने षड्यन्त्र भइरहेको छ, सबै दल एकजुट होऔँ : प्रधानमन्त्री 


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

दमौली– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनप्रतिनिधिमा आएको अधिकार खोस्ने षड्यन्त्र भइरहेको बताएका छन् । नेकपा (माओवादी) केन्द्र तनहुँले आज आँबुखैरेनीमा आयोजना गरेको भेटघाट कार्यक्रममा उनले विभिन्नरूपमा हुने षड्यन्त्रविरुद्ध सबै दल एकजुट हुनुपर्नेमा जोड दिए । 

प्रधानमन्त्री दाहालले भने, ‘संविधानविरुद्ध षड्यन्त्र भइरहेको छ । एकथरी तत्व कुनै न कुनैरूपले देशमा अराजकता सिर्जना गर्ने अभियानमा लागिरहेका छन् । प्रतिगमनका निम्ति मलजल गरिरहेका छन् ।’

परिवर्तनको रक्षाका निम्ति र देशको सुरक्षाका निम्ति सरकार दृढ रहेको बताउँदै प्रधानमन्त्री दाहालले गठबन्धनमाथि खतरा नरहेको दाबी गरे। उनले भने, ‘नेपालमा उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदायले पाएका हकअधिकार खोस्ने र जनताका प्रतिनिधिको हातमा आएको सत्ता खोस्ने षड्यन्त्रलाई चिर्दै अगाडि बढ्छौँ ।’ सामन्तको हातमा सत्ता लैजाने दुस्साहस गरिएको उनको भनाइ थियो । 

पार्टीले जनताका घरघरमा पुग्ने कार्यक्रमसहित रूपान्तरण अभियान अगाडि बढाएको भन्दै प्रधानमन्त्री दाहालले भने, ‘गण्डकी प्रदेशमा यो अभियान ठिक ढङ्गले अगाडि बढेको छ । अभियानलाई एक महिना विस्तार गरिएको छ ।’

प्रधानमन्त्री दाहालले पार्टी पुनःनिर्माणको विशेष अभियानमा रहेको बताउँदै देशैभरि जनतासँग माओवादी अभियानले जनतामाझ माओवादी र देशका लागि औपचारिक अभियानमात्र नरहेको र रणनीतिक अभियानको हिस्सा रहेको बताए ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  २ : १६ बजे

किराँतीको प्रश्न : पूर्व–पश्चिम राजमार्गको नाम महेन्द्र राजमार्ग राखेर के सन्देश दिन खोजेको हो ?

काठमाडौँ – नेता सुदन किराँतीले नेताले केके गर्नुपर्छ थाहा पाएर

कांग्रेसको ‘जरा अभियान’का सात उद्देश्य

काठमाडौँ – नेपाली कांग्रेसको ‘जरा अभियान’ सभापति गगनकुमार थापाले आफ्नो

नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु

राजविराज (सप्तरी)- हनुमाननगर कङ्कालिनी नगरपालिका-१ स्थित सप्तकोशी ब्यारेजमा नुहाउने क्रममा

नयाँ वर्षको पहिलो दिन १२ हजार दर्शनार्थी पुगे मुक्तिनाथ

मुस्ताङ– नयाँ वर्षको पहिलो दिन मुक्तिनाथ मन्दिरमा करिब १२ हजार

काठमाडौंका यी रुटमा आजबाट रात्रि बससेवा

काठमाडौं । महानगरपालिकाले आजदेखि रात्रिकालीन बससेवा सञ्चालन सुरु गर्ने भएको