चन्द्रयान-३ रकेटको हिस्सा अमेरिका नजिक खस्यो | Khabarhub Khabarhub

चन्द्रयान-३ रकेटको हिस्सा अमेरिका नजिक खस्यो


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतले चन्द्रमामा पठाएको रकेट चन्द्रयान-३ लाई धर्तीबाट ३६ हजार किमी टाढा पठाउने हिस्सा पृथ्वीमै फर्किएको छ । 

बुधबार राति उक्त हिस्सा अमेरिका नजिक उत्तरी प्रशान्त महासागरमा झरेको भारतको अन्तरिक्ष अन्वेषण एजेन्सी इस्रोले पुष्टि गरेको हो । यो एलभीएम–३ एम-४ रकेटको कस्मोजेनिक अपर स्टेज थियो ।

यसले सन् २०२३ को जुलाई १४ मा चन्द्रयानलाई धर्तीमाथि १३३ किमी बाइ ३५ हजार ८२३ किमिको अर्बिटमा पुर्‍याएको थियो । त्यति बेलादेखि नै यो आकाशमा चारैतर्फ चक्कर लगाउँदै विस्तारै विस्तारै पृथ्वीको नजिक आइरहेको थियो । नोभेम्बर १५ को राति पौने तीन बजे आसपास यो हिस्सा अमेरिकाको तटबाट टाढा प्रशान्त महासागरको उत्तरमा खस्यो ।

नर्थ अमेरिकन एयरोस्पेस डिफेन्स कमान्ड (नोराड)ले अन्तरिक्षबाट आइरहेको सो वस्तु चन्द्रयान रकेटको हिस्सा भएको पुष्टि गरेको थियो । धर्तीको तल्लो कक्षबाट कुनै पनि वस्तु पृथ्वीको सतहमा खस्न झन्डै १२४ दिन लाग्छ । एलभीएम-३ एम-४ रकेटको सो हिस्सा पनि लगभग उति नै दिनमा खसेको छ ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ७ : ०९ बजे

भारतबाहेक ११ देशबाट राजदूत फिर्ता बोलायो सरकारले

काठमाडौं– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले विभिन्न ११ देशमा रहेका

स्वास्थ्य क्षेत्रको सुधारमा जुट्यो गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालय

गण्डकी– गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालय स्वास्थ्य क्षेत्र सुधारमा जुटेको छ

तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी

काठमाडौं– सीजी इलेक्ट्रिकले चाडपर्वको अवसरमा नयाँ अभियान ‘उज्यालो भनेकै सिजी एलईडीहरु’

बैठकस्थलमा तीन घण्टा बिजुली गायब, एमालेले भन्यो- कुलमान कता हराए ?

काठमाडौं- ललितपुरमा बुधबारदेखि जारी दशौँ केन्द्रीय कमिटी बैठकस्थलत राजबाघ महल

राप्ती प्रादेशिक अस्पताल : नाम प्रादेशिक, थपिएन सेवा

तुलसीपुर– तुलसीपुरस्थित तत्कालीन राप्ती अञ्चल अस्पताललाई २०७५ साल पुसमा प्रादेशिक