‘टाइगर ३’ ले भारतीय बक्स अफिसमा १६२ करोड कमायो  « Khabarhub

‘टाइगर ३’ ले भारतीय बक्स अफिसमा १६२ करोड कमायो 


१ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सलमान खान स्टारर ‘टाइगर ३’ले चौँथो दिनसम्म भारतीय बक्स अफिसमा १६२ करोड भारु कमाएको छ । चौंथो दिन फिल्मले २०.५० करोड भारु कमायो ।

भारतमा जारी क्रिकेट विश्वकपको सेमिफाइनल खेलले फिल्मको चौथो दिनको कमाइ प्रभावित भएको अनुमान छ । भाइटीकामा फिल्मको कमाइ २६ देखि २८ करोड हाराहारीमा रहेको बताइएको छ ।

यी संख्या हेर्दा अब फिल्मले ५०० करोड भारु कमाउने प्रक्षेपण साँघुरिएको छ । यसका लागि अबको दुई सातामा कमाइको ट्रेन्ड कस्तो देखिनेछ, यसले भविष्य निर्धारण गर्नेछ । फिल्मको पहिलो साताको कमाइ २२ करोड हुनसक्ने अनुमान छ ।

 तर, दोस्रो आइतबार विश्वकपको फाइनल खेल हुने भएपछि पुनः फिल्मको कमाइमा धक्का अवश्य लाग्नेछ । जसले गर्दा पहिलो साताको कमाइ अपेक्षाअनुसार हुनेछैन । भारतमा क्रिकेटको समयमा फिल्मको प्रदर्शन समेत प्रभावित भएको विगत छ । जुन ‘टाइगर ३’मा समेत स्पष्ट देखिएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ७ : १६ बजे

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा