भारतमा डेभिड बेकह्यामको व्यस्तता (तस्वीरहरु) « Khabarhub

भारतमा डेभिड बेकह्यामको व्यस्तता (तस्वीरहरु)


२ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

मुम्बई- विश्वकप क्रिकेटको माहोल उत्कर्षमा रहेका बेला फुटबल स्टार डेभिड बेकह्यामले भारतको भ्रमण गरेका छन् । राष्ट्रसंघीय नियोग युनिसेफको सद्भावना दूतका रुपमा मुम्बई पुगेका उनले वानखेडे रंगशालामा भारत र न्यूजिल्याण्डबीचको खेल पनि हेरेका थिए ।

यतिबेला बेकह्याम र बलिउड सेलिब्रिटीको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । बलिउड सेलिब्रेटीहरु सोनम कपुर र आनन्द आहुजाले बेकह्यामको सम्मानमा मुम्बईमा भोज आयोजना गरेका थिए, जहाँ बलिउड सेलिब्रिटीको पनि सहभागिता रहेको थियो ।

त्यसलगत्तै बलिउडका अर्का सुपरस्टार शाहरुख खानले मुम्बईको बान्द्रास्थित आफ्नै निजी निवास मन्नतमा बेकह्यामका लागि प्राइभेट पार्टीको आयोजना गरेका थिए ।

सामाजिक सञ्जालमा भाइरल भएका भिडियोमा बेकह्याम मन्नतभित्र छिरेको र बाहिरिएको देखिएको छ । त्यस क्रममा बेकह्यामले हात हल्लाएर फ्यानलाई अभिवादन गरेको देख्न सकिन्छ ।

शाहरुखको पार्टीमा सोनम र उनका पति आहुजा पनि सहभागी थिए । आनन्दले सामाजिक सञ्जालमा सामूहिक तस्वीर सेयर गर्दै शाहरुख, गौरी र उनीहरुका सन्तान आर्यन र सुहानालाई पनि ट्याग गरेका छन् । बिहीबार राति मन्नतमा जमेको उक्त पार्टीमा शाहरुख र सोनमलाई स्टाइलिस पहिरनमा सजिएका थिए ।

अभिनेत्री सारा अली खानले बेकह्यामको निजी र व्यावसायिक जीवनको सन्तुलनबारे अन्तर्वार्ता नै गरेकी छन् । यसबाहेक मलाइका अरोरा र अर्जुन कपुरसँग पनि बेकह्यामको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । धेरैले बेकह्यामसँगको तस्वीरमा अर्जुनको उचाइबारे ट्रोल गरेका छन् ।

मुम्बईको विश्वकप खेलमा बेकह्याम सचिन तेन्दुलकर र विराट कोहलीसँगै देखिएका छन् । कतिपय सेलिब्रिटीले बेकह्यामलाई आफ्नो ‘चाइल्डहुड क्रस’ भन्दै प्रशंसा गरेका छन् । युनिसेफको दूतको रुपमा इङल्याण्डका पूर्वफुटबलर बेकह्याम नेपालमा पनि आइसकेका छन् ।

स्रोत- एएनआई

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ५ : ०९ बजे

परराष्ट्रमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट, द्विपक्षीय लगानी र व्यापार प्रवर्द्धनमा जोड 

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकाका

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्ग निर्देशक हुन् : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि राष्ट्रिय

अब मौन व्रत तोड्नुपर्ने अवस्था आयो : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जनताले दिएको म्यान्डेडअनुसार ठिक

नेपालले दिएको २९० रनको लक्ष्य पछ्याएको यूएईको इनिङ संकटमा

काठमाडौं- नेपालले दिएको २ सय ९० रनको लक्ष्य पछ्याएको यूएईको

डोजर अभियानलाई जेन-जी मुभमेन्टले भन्यो- अमानवीय र जनविरोधी, प्रधानमन्त्री बालेनमाथि प्रश्न

काठमाडौं- जेन-जी मुभमेन्ट नेपालले सुकुम्बासी बस्ती हटाउने सरकारी अभियानप्रति कडा