राजतन्त्र फर्किने र ४७ सालको संविधान ब्युँतिने कुनै सम्भावना छैन : महासचिव विप्लव « Khabarhub

राजतन्त्र फर्किने र ४७ सालको संविधान ब्युँतिने कुनै सम्भावना छैन : महासचिव विप्लव


२ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा राजतन्त्र फर्किने र ४७ सालको संविधान ब्युँतिने कुनै सम्भावना नरहको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित क्रान्तिकारीहरुबीचको ध्रुवीकरण र एकीकरण कार्यक्रममा विप्लवले नेपालमा राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको र अहिलेको निकास ४७ सालको संविधान नभएको जिकिर गरे ।

उनले अब देश बचाउने जिम्मा अरुले नलिने भए नेपाल कम्युनिष्ट पार्टीले लिने टिप्पणी गरे । त्यस्तै, उनले नेपाली जनतालाई समाजवादतर्फ लैजाने नेतृत्वसमेत आफ्नो पार्टीले गर्ने दाबी गरे ।

त्यस्तै विप्लवले सामाजिक सञ्जालको प्रतिबन्ध निरंकुश व्यवस्थाको चरित्र भएको भएको भन्दै जनताको मुख थुनेर शासन गर्न नसकिने बताए ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टीका सचिवालय सदस्य काञ्छाराम तामाङ, उक्त पार्टीका केन्द्रीय सदस्य जीतबहादुर तामाङ, नेपाल समाजवादी पार्टीका संघीय परिषद् सदस्य कबेर, आम जनता पार्टीका केन्द्रीय सदस्य राजकुमार, नेकपा माकेका बागमती प्रदेश कमिटी सदस्य राजेन्द्रप्रसाद नेपाललगायत नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ८ : ४५ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर