दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी मंगलबारदेखि सुरु हुने « Khabarhub

दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी मंगलबारदेखि सुरु हुने


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रर्दशनी आगामी मंगलबारदेखि सुरु हुने भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मंसिर ५ देखि ९ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शनीको आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने प्रदर्शनीमा दक्षिण एसियासहित चीन, अमेरिकालगायत १५ भन्दा धेरै देशका प्रकाशक, उत्पादक तथा वितरकहरुको सहभागिता रहने संघका महासचिव शिवसागर शर्माले जानकारी दिए । प्रदर्शनीको १५ लाखले अवलोकन गर्ने अपेक्षा रहेको उनले बताए ।

महोत्सवले दक्षिण एसियाली राष्ट्रहरूबीच शिक्षा, साहित्य, संस्कृति र सञ्चार आदानप्रदानको माध्यमबाट समेत आपसी सम्बन्ध प्रगाढ बनाउनमा महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ४ : १० बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार