अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइँदै | Khabarhub Khabarhub

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइँदै


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- छठ पर्वको मुख्य दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइएको छ ।

तराई मिथिलाका क्षेत्रका साथै काठमाडौंमा अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइएको हो । छठ पर्वका लागि काठमाडौको गुह्येश्वरी गौरीघाट क्षेत्र, कमलपोखरीलगायत बागमती नदी किनारमा भक्तजनको भीड लागेको थियो । छठका व्रतालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् ।

केही व्रतालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ नखाई चोखो अर्थात् सात्विक भोजन गरेर बस्छन् ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डवको गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ ।

लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भइ व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।

यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ५ : ५८ बजे

ऋषभ पन्तलाई आइपिएलको एक खेलबाट निलम्बन

काठमाडौं– आइपिएल टिम दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई आईसीसीको नियम

फिल्म ‘लण्डन टु पेरिस’ को टिजर सार्वजनिक

काठमाडौं– आगामी जेठ २५ गतेबाट रिलिज हुने सिनेमा ‘लण्डन टु

रामपुरका आगलागीपीडित परिवारलाई आर्थिक सहयोग

रामपुर– पाल्पा रामपुरका आगलागीपीडित नौ परिवारलाई आर्थिक सहयोग गरिएको छ

लामो समयपछि पानी पर्दा सर्वसाधारणलाई राहत

सुदूरपश्चिम– लामो समयपछि कैलालीसहितका जिल्लामा आज भएको वर्षाले चर्को गर्मीसँगै

रातो मछिन्द्रनाथको रथ तान्न सुरू (तस्बिरहरु)

ललितपुर– वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ तान्न