ललितपुरको ऐतिहासिक कात्तिक नाच सुरु « Khabarhub

ललितपुरको ऐतिहासिक कात्तिक नाच सुरु


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ललितपुरको ऐतिहासिक कात्तिक नाच शनिबार रातीबाट सुरु भएको छ ।

३ सय ८१ वर्षदेखि निरन्तर रुपमा सञ्चालन भइरहेको ऐतिहासिक कात्तिक नाच यस वर्ष १० दिनसम्म चल्नेछ । सो क्रममा झन्डै एक दर्जन नाच प्रदर्शन गरिन्छ । नाचको पहिलो दिन पाटन डबलीमा बाथःप्याखँअन्तर्गतको माकः सीमियेगु नाटक प्रदर्शन गरिएको छ ।

१३ जना कलाकारले प्रस्तुत गरेको उक्त नाच मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गरेका थिए । नाचमा दैत्य जगाउने परम्परा छ ।

यस नाचमा राजोपाध्याय, श्रेष्ठ, प्रधान, अमात्य, जोशी, मल्ललगायत नेवार समुदाय भित्रको विभिन्न जातको प्रतिनिधित्व हुने गरेको कात्तिक नाच संरक्षण समितिले जनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ६ : ४१ बजे

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

पर्वतमा ७३ जना ज्येष्ठ नागरिकले पाए आँखाको ज्योति

पर्वत– पर्वतको कुश्मामा सञ्चालित निःशुल्क आँखा परीक्षण शिविरमा ५७४ जनाको

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

तराईमा हुस्सु, केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती