इरानद्वारा नयाँ हाइपरसोनिक मिसाइल सार्वजनिक « Khabarhub

इरानद्वारा नयाँ हाइपरसोनिक मिसाइल सार्वजनिक


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोर (आईआरजीसी) ले आइतबार स्वदेशमै विकसित हाइपरसोनिक ब्यालिस्टिक मिसाइल सार्वजनिक गरेको छ ।

अर्ध– आधिकारिक तस्निम समाचार एजेन्सीले उल्लेख गरे हणुसार इरानको राजधानी तेहरानमा आईआरजीसीको एयरोस्पेस फोर्सको उपलब्धिहरूको प्रदर्शनीमा इरानका सर्वोच्च नेता अली खामेनीको भ्रमणका क्रममा फत्ताह–२ (विजेता–२) नाम दिइएको मिसाइलको सार्वजिनक गरिएको थियो ।

तस्निमका अनुसार फत्ताह–२ मा हाइपरसोनिक ग्लाइड भेहिकल (एचजीभी) वारहेड जडान गरिएको छ जसले हाइपरसोनिक गतिमा चाल र ग्लाइड गर्न सक्ने बताइएको छ । इरानले जुनमा आफ्नो पहिलो स्वदेशी हाइपरसोनिक मिसाइल फताहको सार्वजनिक गरेको थियो।

तस्निमका अनुसार फताह सटीक निर्देशित दुई चरणको मिसाइलले माच १३ (लगभग १६,००० किमी/घन्टा)को वेगका साथ १,४०० किलोमिटरको दायरा भित्र तोकिएको लक्ष्यमा प्रहार गर्न सक्छ।

यो एक वारहेड सुसज्जित छ जसमा एक गोलाकार इन्जिन ठोस ईन्धन र चल नोजलहरू समावेश छन् ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ११ : ०५ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि