गाडीको ठक्करबाट छठ ब्रतालुको मृत्यु « Khabarhub

गाडीको ठक्करबाट छठ ब्रतालुको मृत्यु


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

मलङ्गवा- सर्लाहीको हरिवन नगरपालिका–९ नोचामा साेमबार बिहान गाडीले ठक्कर दिँदा एक छठ ब्रतालु महिलाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हरिवनको नोचामा गाडीले ठक्कर दिँदा स्थानीय ५२ वर्षीया लक्ष्मी पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सविण कार्कीले जानकारी दिएका छन् ।

रोचास्थित छठ घाटमा छठ पूजा गरेर घर फर्किँदै गरेकी पोखरेललाई मधेस प्रदेश–०३–००१ ज ०३४२ नम्बरको गाडीले ठक्कर दिएको हो ।

महिलालाई ठक्कर दिई चालक भाग्ने क्रममा सोही गाडीको ठक्करबाट सडक सुरक्षार्थ खटिएका ट्राफिक प्रहरी हवल्दार सुबोधकुमार यादव घाइते भएको प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।

बायाँ खुट्टा भाँचिएका हवल्दार यादवलाई उपचारका लागि लालगढ अस्पताल लगिएको छ । सडक छेउमा रोकिराखेको बागमती प्रदेश–०२–०३८ प ०३११ नम्बरको मोटरसाइकललाई समेत सो ठक्कर दिएर क्षति पुर्‍याएको छ । चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ११ : २३ बजे

दर्शकले रुचाए फिल्म ‘गौँथली’, कि फन्डा मात्रै ?

काठमाडौं – गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘गौँथली’का कलाकारलाई भेटेर

एकैदिन ५८ विपद्का घटना, तीन जनाको मृत्यु, १३ जना घाइते

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकारका ५८ वटा विपद्का

तुलसीपुर उपमहानगरमा १५ किलोमिटर सडक कालोपत्र

दाङ– तुलसीपुर उपमहानगरपालिकाले गत आर्थिक वर्षमा १५ किलोमिटर सडक कालोपत्र

वर्खे झरीसंगै देशभर झाडापखालाका बिरामी बढे, उपत्यकामा हैजाको जोखिम उच्च 

मनसुन सक्रिय भएसँगै देशभर लगातार भइरहेको वर्षाका कारण पानीजन्य तथा

अर्जेन्टिना इतिहास रच्ने दाउमा हुँदा विश्वकपको फाइनल हुन सक्छ मेस्सीको अन्तिम खेल

काठमाडौं- फिफा विश्वकप २०२६ को उपाधि भिडन्त आइतबार (१९ जुलाई)