कुनै पनि वाहनामा साग रोकिँदैन– सदस्य सचिव « Khabarhub

कुनै पनि वाहनामा साग रोकिँदैन– सदस्य सचिव


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिता निर्धारित समयमा नै हुने भन्दै आशंका नगर्न आग्रह गरेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले शनिबार राजधानी काठमाडौंमा गरेको कार्यक्रममा परिषद्का सदस्य सचिव सिलवालले कार्यविधि र पुर्वाधारका कारणले खेल नरोकिने बताए ।

उनले केही खेलका लागि बैकल्पिक रंगशालाको व्यवस्था पनि गरिएकाले कार्यविधि र पूर्वाधारका कारणले खेल प्रभावित नहुने स्पष्ट पारे ।
उनले प्रतियोगिता गर्न राष्ट्रले प्रतिवद्धता जनाईसकेकाले कुनै पनि वहानामा त्यसबाट पछि हट्न नमिल्ने तर्क गरे ।

सार्वजनिक खरिद ऐन र कार्यविधिमा केही जटिलताहरु भएपनि त्यसबारे सम्बन्धित निकायमा आफुले कुरा राखिसकेकाले फास्ट ट्रयाक बाट भएपनि प्रतियोगिता संचालन गरिने उनको भनाइ थियो । । साथै प्रधानमन्त्री , अर्थमन्त्री र खेलकुद मन्त्रीले बजेट अभावमा खेल नरोकिने आश्वासन दिएको उनले जानकारी गराए ।

रंगशाला निर्माण, रंगशाला सम्मको सडक विस्तार लगायत खेलका पुर्वाधार तयार नहुनु, बजेट तथा सार्वजनिक खरिद ऐन र परिषद्को कार्यविधिमा देखिएको जटिलताले दक्षिण एसियाली खेलकुद प्रतियोगिता तोकिएको समयमा नहुने हो कि भन्ने आशंका बढीरहेका बेला नवनियुक्त परिषद्का सदस्य सचिव सिलवालले प्रतियोगिता कुनै पनि वहानामा नरोकिने बताएका हुन् ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  ७ : ४७ बजे

एमालेकै प्रतिवेदन भन्छ : फागुनको चुनावमा पार्टी धुलिसात भयो, अब परम्परागत नाराले चुनाव जितिँदैन

काठमाडौं- नेकपा एमालेले गत फागुन २१ गते व्यहोरेको सर्मनाक हारको

आन्तरिक मतभिन्नताबीच भारतमा हुँदै ब्रिक्स सम्मेलन : यस्ता छन् एजेण्डा र प्राथिमकता

काठमाडौं- विश्व अर्थतन्त्र र भूराजनीतिको केन्द्रविन्दु बन्ने प्रयासमा रहेको बहुपक्षीय

एमालेका अधिकांश प्रदेश कमिटीको सुझाव : पार्टी बचाउन ओलीले नेतृत्व छाडेर संरक्षक बनून्

काठमाडौं- नेकपा एमालेका सातमध्ये ६ भूगोल प्रदेशले अध्यक्ष केपी शर्मा

जासुसीमा एआईको बढ्दो प्रयोग

सन फ्रान्सिस्को- चीन, इरानलगायत देशसँग सम्बन्धित राज्य समर्थित समूहहरूले जातीय