ओपेनएआईले बर्खास्त गरेका अल्टम्यान माइक्रोसफ्टमा « Khabarhub

ओपेनएआईले बर्खास्त गरेका अल्टम्यान माइक्रोसफ्टमा


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ओपेनएआईको प्रमुख कार्यकारी अधिकृतबाट बर्खास्त गरिएका साम अल्टम्यानलाई माइक्रोसफ्टले भित्र्याउने भएको छ । च्याटजीपीटी निर्माता ओपेनएआईका प्रमुख कार्यकारी अधिकृत अल्टम्यानलाई बोर्डले कम्पनी चलाउन सक्षम नदेखिएको भन्दै कम्पनीबाट बर्खास्त गरेको थियो । अल्टम्यानको बर्खास्तीसँगै ओपेनएआईका सहसंस्थापक ग्रेग ब्रोक्यानले पनि कम्पनी छोडेको घोषणा गरेका थिए ।

अन्तराष्ट्रिय सञ्चार माध्यममा अल्टम्यान पुनः कम्पनीमा फिर्ता हुनसक्ने र त्यसका लागि ओपेनएआईले नै भूमिका खेल्ने आँकलन गरेका थिए । तर, अप्रत्यासित रुपमा अल्टम्यान र ब्रोक्म्यान दुवै माइक्रोसफ्टमा आबद्ध हुने तय भएको हो । माइक्रोसफ्टका सीईओ सत्य नडेलाले नै पूर्वओपेनएआईकर्मीद्वय माइक्रोसफ्टको नयाँ एड्भान्स एआई रिसर्च समूहमा जोडिने पुष्टि गरेका छन् ।

अल्टम्यानको बर्खास्तीसँगै ओपेनएआईले भने भिडियो गेम स्ट्रिमिङका लागि प्रख्यात ट्वीच कम्पनीका पूर्वसीईओ एवं सह-संस्थापक इम्मेट शियरलाई कम्पनीकोे कार्यवाहक सीईओ तोकेको छ ।

माइक्रोसफ्टले भने ओपेनएआईमा विवाद आएको बेला आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी रिसर्चका लागि छुट्टै विभाग गठन गरेको छ ।

त्यसको नेतृत्त्व अल्टम्यान र ब्रोकम्यानले गर्न लागेको माइक्रोसफ्टले जनाएको छ । अघिल्लो हप्ता मात्रै माइक्रोसफ्टले आफ्नै एआई चीप उत्पादन गर्ने घोषणासमेत गरेको थियो ।

ओपेनएआईमै माइक्रोसफ्टको अनुमानित १० अर्ब डलर लगानी छ । अल्टम्यान र ब्रोक्यानको आवद्धताले ओपेनएआईसागको साझेदारीमा कुनै समस्या नआउने समेत माइक्रोसफ्टका सीईओ नडेलाले स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ७ : ५४ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : सङ्खुवासभामा मतदान जारी

किमाथांका–  प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जिल्लामा मतदान जारी छ ।

मिना खरेलले गरिन् मतदान

काठमाडौं – नेपाली कांग्रेसकी नेतृ मिना खरेलले आज चितवन क्षेत्र–२

मन्त्री श्रेष्ठले गरिन् मतदान, सहभागिताका लागि सबैलाई आह्वान

काठमाडौं– नेपाल सरकारकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले

मध्यपूर्वबाट सैन्य विमान तैनाथ गरी नागरिक निस्कासन गर्दै अष्ट्रेलिया

एजेन्सी– अस्ट्रेलियाले आफ्ना नागरिकको निस्कासनको आकस्मिक योजनाको रूपमा मध्य पूर्वमा

प्रतिनिधिसभा सदस्य निर्वाचन : मध्याह्न १२ बजेसम्म १८ प्रतिशत मतदान

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मध्याह्न १२ बजेसम्म करिब १८