यमनविरुद्ध खेल्ने नेपाली टोली घोषणा, अनन्तको कमब्याक « Khabarhub

यमनविरुद्ध खेल्ने नेपाली टोली घोषणा, अनन्तको कमब्याक


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चोटका कारण विश्राममा रहेका नेपाली टोलीका डिफेन्डर अनन्त तामाङ यमनविरुद्धको खेलबाट पुनरागमन गर्ने भएका छन् । यमनविरुद्धको टोली घोषणा गर्दा उनको नाम पनि समेटिएको छ । 

नेपालले आज घरेलु मैदान दशरथ रंगशालामा यमनविरुद्ध खेल्दै छ । सो खेलका लागि कप्तान किरणकुमार लिम्बूको नेतृत्वमा २३ सदस्यीय नेपाली टोली घोषणा गरिएको हो । 

गोलकिपरका लागि किरणकुमार लिम्बू, अभिषेक बरालर दीप कार्की रहेका छन् । डिफेन्डरका लागि अमृत श्रेष्ठ, अन्जन राई, अनन्त तामाङ, छिरिङ लामा, सनिस श्रेष्ठ र रोहित चन्द रहेका छन् । 

त्यस्तै, मिडफिल्डरमा एरिक विष्ट, उत्सव राई, सेसेहाङ आङदेम्बे, दिनेश हेनजान, क्रितिशरत्न छुन्चुले स्थान बनाएका छन् । जिलेस्पीजंग कार्की, आशिष चौधरी, राजेश परियार, सन्जिव विष्ट, अन्जन विष्ट, हिसुब थपलिया, आयुष घलान, मनिष डाँगी फरवार्डको भूमिकामा रहेका छन् ।

फिफा वरीयतामा यमन १५६ औं र नेपाल १७३ औं स्थानमा छ । खेल साँझ ७ बजेबाट सुरु हुनेछ । यसअघि नेपालले दोस्रो चरणको पहिलो खेलमा यूएईविरुद्ध ४–० को हार व्यहोरेको थियो । 

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  १ : २७ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६