बुर्किनामा सप्ताहन्तमा भएको आक्रमणमा १५ जनाको मृत्यु « Khabarhub

बुर्किनामा सप्ताहन्तमा भएको आक्रमणमा १५ जनाको मृत्यु


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

उगादुगुऊ–पूर्वी बुर्किनाफासोमा सप्ताहन्तमा ‘एकैसाथ भएको हमलामा’ १५ जना मारिएको सुरक्षा र स्थानीय स्रोतले जनाएको छ  । मारिनेमा अधिकांश सर्वसाधारण रहेका छन् । जारभन्दा बढी नागरिक र सैनिकको मृत्यु भएको छ भने २० लाख मानिस विस्थापित भएका छन् । 

एक स्थानीय बासिन्दाले पछिल्लो हिंसामा पूर्वी तापोआ प्रान्तको प्रमुख सहर डायपागामा एकसाथ भएको हमलामा शनिबार तीन सैनिकसहित १५ जना मारिएको बताएका छन् । क्षेत्रीय नागरिक समाज संगठनका प्रवक्ता कोन्डिया पियरे योनलीले हताहतबारे पुष्टि गरेका हुन् । 

उनले आइतबार डायापागा नगरपालिकाको चिहानमा गाडिएका पीडितहरूको सम्मानमा मंगलबार उक्त क्षेत्रका विद्यालय, बजार र सार्वजनिक सेवाहरू बन्द गरिएको बताए। एक सुरक्षा स्रोतका अनुसार सेनाले जवाफी हमला गरिरहेको छ । स्रोतले भनेको छ, ‘पूर्वमा हवाई तथा स्थल कारबाही भइरहेको छ, कारबाहीका क्रममा ५० भन्दा बढी आतंकवादी मारिएका छन् र उनीहरूको धेरै आधारलाई नष्ट गर्ने अनुमति दिइएको छ ।’

बुर्किना फासोमा सन् २०२२ सेप्टेम्बरमा भएको कूपछि एउटा सङ्क्रमणकालीन सरकारले शासन गरिरहेको छ । जुन्ता नेतृत्वको सरकारले जिहादी विरोधीसँगको लडाइँमा १८ वर्षभन्दा माथिका पुरुषहरूलाई भर्ती गर्दै आएको छ । 

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ५ : १३ बजे

कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन

ट्राफिक प्रहरीको ‘सप्राइज चेकिङ’ : ५७२ सवारी चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

आईपीएल : वैभवको विष्फोटक ब्याटिङमा हैदराबादलाई राजस्थानले दियो २२९ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा राजस्थान

मनोहरामा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि ढुंगामुढा, १९ सुरक्षाकर्मी घाइते

भक्तपुर – भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन

रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति

काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट