यू-१९ क्रिकेट विश्वकप दक्षिण अफ्रिकामा हुने « Khabarhub

यू-१९ क्रिकेट विश्वकप दक्षिण अफ्रिकामा हुने


५ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले यू-१९ विश्वकप दक्षिण अफ्रिकामा गर्ने निर्णय गरेको छ । यसअघि श्रीलंकामा आयोजना हुने भनिएको यू-१९ विश्वकप श्रीलंकाको क्रिकेट बोर्ड आइसीसीद्वारा निलम्बनमा परेपछि विश्वकपको आयोजन दक्षिण अफ्रिकालाई दिइएको हो ।

दक्षिण अफ्रिकाले यसअघि २०२३ मै महिला यू-१९ विश्वकपक आयोजना गरेको थियो भने २०२० को यू-१९ विश्वकप पनि दक्षिण अफ्रिकामै आयोजना गरिएको थियो ।

यू-१९ विश्वकप जनवरी १३ देखि फेब्रुअरी ४ सम्म हुने यस अघि तोकिएको मितिमा भने आइसीसीले कुनै परिवर्तन अहिलेसम्म गरेको छैन । यस यू-१० विश्वकपमा १६ देशले भाग लिदै छन् । जस अन्तर्गत ११ पूर्ण सदस्यले सिधै प्रवेश पाएका छन् । जसमा श्रीलंका, दक्षिण अफ्रिका, अफगानिस्तान, अस्ट्रेलिया, भारत, पाकिस्तान, बंगलादेश, इङल्याण्ड, आयरल्याण्ड, वेस्टइन्डिज र जिम्बाबे रहेका छन् ।

त्यस्तै ५ देश क्षेत्रीय छनौट खेलेर विश्वकपमा छनौट भएका छन् । जसमा नामिबिया, नेपाल, न्यूजील्याण्ड, स्कटल्याण्ड र अमेरिका रहेका छन् । 

१६ देशलाई चार समुहमा विभाजित गरिएको छ । जसमा नेपाल समुह डी मा पाकिस्तान, अफगानिस्तान, न्यूजील्याण्डसँग परेको छ । नेपालले आफ्नो पहिलो खेल १३ जनवरीमा न्यूजील्याण्डसँग, दोस्रो खेल १७ जनवरीमा पाकिस्तानसँग र तेस्रो खेल २० जनवरीमा अफगानिस्तानसँग खेल्ने छ ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ६ : ३८ बजे

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६